(Japan) 10 th December | 2023 | Sunday | 8:19:07 PM || (Nepal) 5:04:07 PM
 
 


अब विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने ब्यवस्था मिलाउने

  POSTED ON : Wednesday, 25 May, 2022 | Views : 2682

अब विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने ब्यवस्था मिलाउने


काठमाडौं, नेपाल ।

सरकारले विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने ब्यवस्था मिलाउने घोषणा गरेको छ ।

निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन निर्माण गरिने उल्लेख गर्दै नेपाल सरकारले नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ ।’

लामो समयदेखि विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउनुपर्ने भन्दै आवाज उठाइरहेका छन् ।

सर्बोच्च अदालतले पनि नो भोट सहित बिदेशमा रहेका नेपालीलाई मतदानको ब्यवस्था मिलाउन सरकारलाई यसअघिनै आदेश दिइसकेको छ ।