(Japan) 27 th September | 2022 | Tuesday | 5:58:33 PM || (Nepal) 2:43:33 PM
 
 

विश्वकै सबैभन्दा होचा व्यक्ति बने डोरबहादुर खपाङ्गी

  POSTED ON : Tuesday, 24 May, 2022 | Views : 1408

विश्वकै सबैभन्दा होचा व्यक्ति बने डोरबहादुर खपाङ्गी


काठमाडौं, नेपाल ।

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–४ निवासी १८ वर्षीय डोरबहादुर खपाङ्गी विश्वकै सबैभन्दा होचो किशोर ठहरिएका छन ।

१८ वर्षीय खपाङ्गीले विश्वकै सबैभन्दा होचा किशोरको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌मा नाम दर्ता गराएका छन्।

उनलाई मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ले प्रमाणपत्र दिएको थियो।

खपाङ्गीको उचाइ २ फिट ४.९ इन्च रहेको गिनिज बुकमा उल्लेख छ।

मंगलबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा खपाङ्गीलाई प्रमाणपत्र दिइएको हो।