(Japan) 27 th September | 2022 | Tuesday | 4:39:05 PM || (Nepal) 1:24:05 PM
 
 

भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी, उपमेयरमा चित्रसेन

  POSTED ON : Tuesday, 24 May, 2022 | Views : 1662

भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी, उपमेयरमा चित्रसेन


भरतपुर, चितवन ।

भरतपुर महानगरपालिकाको प्रमुख ९मेयर० पदमा रेणु दाहाल विजयी भएकी छिन् । मतगणना जारी रहेको छ तर गन्न बाँकी मत भन्दा उनले पाएको मत बढि भएपछि मतगणना सकिनुअघि नै दाहाल मेयरमा विजयी भएकी हुन् ।

यद्यपी मतगणनाको अन्तिम नतिजा र घोषणा बाँकी रहेकाले पाँच दलीय गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएको औपचारिकता प्राप्त गर्न बाँकी छ ।

भरतपुर महागरमा कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । अब, मत गणना गर्न बाँकी ११ हजार १७३ रहेको छ । तर, उक्त मत गणनाभन्दा पनि रेणुको मतान्तर बढी भइसकेको छ ।

पछिल्लो प्राप्त मत परिणामअनुसार रेणुले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । र, सुवेदी रेणुभन्दा ११,४५७ मतका साथ पछि रहेका छन् । यो मत भनेको गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।

उपमेयरतर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न जारी रहँदै विजयी भइसकेका छन् । उनले ४७,९५८ मत पाउदा उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २७,९२२ पाएकी छन् । हिमला अधिकारी भन्दा २० हजारभन्दा बढी मतले पछि छन् ।