(Japan) 27 th September | 2022 | Tuesday | 5:04:04 PM || (Nepal) 1:49:04 PM
 
 

बिदेशबाट आउनेलाई सरकारले भने मङ्कीपक्सको जोखिम बढ्यो २ हप्ता क्वारिन्टिन बस्नु

  POSTED ON : Monday, 23 May, 2022 | Views : 2766

बिदेशबाट आउनेलाई सरकारले भने मङ्कीपक्सको जोखिम बढ्यो २ हप्ता क्वारिन्टिन बस्नु


काठमाडौं, नेपाल ।

मङ्कीपक्स नामको भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले विदेशबाट आउने नेपाली तथा विदेशी नागरिकलाई क्वारिन्टिन बस्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मङ्कीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वरेन्टिइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारिन्टिनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले मङ्की पक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताउनु भयो । उहाँले विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि बताउनुभयो ।

हाल विश्वका २ दर्जन देशमा फैलिएको यो भाइरसबाट करिव एक सयजना संक्रमित पाइएका छन् । दैनिक नयाँ संक्रमित थपिने र नयाँ स्थानहरुमा पुष्टि हुनेक्रम पनि बढ्न थालेपछि विश्वभर सजगता अपनाउन थालिएको छ । विश्व स्वास्थ्य संगठनले पनि मङ्कीपक्सको जोखिम बढेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।