(Japan) 27 th September | 2022 | Tuesday | 4:03:39 PM || (Nepal) 12:48:39 PM
 
 

बालेन साह काठमाडौंको मेयर पक्का जस्तै, ६० प्रतिशत मतगणना हुँदा काँग्रेस एमालेभन्दा १८ हजार भोट बढि

  POSTED ON : Monday, 23 May, 2022 | Views : 1224

बालेन साह काठमाडौंको मेयर पक्का जस्तै, ६० प्रतिशत मतगणना हुँदा काँग्रेस एमालेभन्दा १८ हजार भोट बढि


काठमाडौं, नेपाल ।

अहिले मात्र होइन मतगणनाको सुरुवाती चरणदेखि बालेन साह काठमाडौंको मेयर उम्मेदवारको मतगणनामा अगाडी छन् । सुरुवातमा केशव स्थापित र सिर्जना सिंह भन्दा थोरै मतान्तर भएपनि जति भोट गणना हुँदै गएको छ बालेनको मतान्तर बढिरहेको छ ।

यसको अर्थ हो बाँकी मतगणनामा पनि बालेन अगाडी नै हुनेछन् र उनी काठमाडौंको मेयर पक्का जस्तै छ ।

काठमाडौंको पछिल्लो मत परिणामअनुसार मेयर पदमा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याइसकेका छन् ।

महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत पाएका छन् ।

दोस्रोमा नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाएकी छिन् । यो बालेन साहले पाएको भन्दा १८ हजार मत कम हो ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २५ हजार ५९ मत पाएका छन् ।

काठमाडौंको भित्रि भाग अर्थात् कोर एरिया भनिने क्षेत्रमा आफुहरुले बढि मत पाउने र जित्ने स्थापित र सिंहले केहीदिन अघिसम्म दाबी गरेपनि उनिहरुले अहिले त्यस्तो दाबी गर्न छाडिसकेका छन् ।

स्थापित मिडियामा देखिन छाडेका छन् भने सिर्जन सिंह मतगणना जारी रहेकाले यसै भन्न नसकिने भन्दै हार स्विकारको मानसिकतामा पुगिसकेको देखिन्छ । यस्तोमा सुस्त गतिमा भइरहेको मतगणना अझै हप्तादिन लाग्नसक्ने अनुमानका बिच काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहनै बिजयी हुने हालसम्मको मतपरिणाको नतिजाले देखाएको छ ।