(Japan) 27 th September | 2022 | Tuesday | 5:59:58 PM || (Nepal) 2:44:58 PM
 
 

नेपालमा ग्यास सिलिण्डरको २०० बढ्यो, एक लिटर पेट्रोलको १८० रूपैयाँ पुग्यो

  POSTED ON : Monday, 23 May, 2022 | Views : 926

नेपालमा ग्यास सिलिण्डरको २०० बढ्यो, एक लिटर पेट्रोलको १८० रूपैयाँ पुग्यो


काठमाडौं, नेपाल ।

नेपाल आयल निगमले सबैखाले इन्धनको मूल्यमा एकैपटक अहिलेसम्मकै धेरै मूल्य बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ ।

अब एक लिटर प्रेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मटिट्तेल र डिजेलको १६३ रुपैयाँ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यासका लागि १८०० रुपैयाँ पर्नेछ ।

हवाई इन्धन (आन्तरिक) को मूल्य पनि बढेको छ । १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजेलमा ३ अर्ब ४० करोड र एलपी ग्यासमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।