(Japan) 3 rd July | 2022 | Sunday | 5:47:45 AM || (Nepal) 2:32:45 AM
 
 

बालेनलाई डर देखाइएको काठमाडौंको 'कोर एरिया'को भोट गन्न सुरु, यस्तो छ ताजा अवस्था

  POSTED ON : Friday, 20 May, 2022 | Views : 1136

बालेनलाई डर देखाइएको काठमाडौंको 'कोर एरिया'को भोट गन्न सुरु, यस्तो छ ताजा अवस्था


काठमाडौं, नेपाल ।

मध्य काठमाडौं बाहिर बालेन शाहले धेरै भोट लेराएपछि कोर एरियामा आफुहरुले धेरै भोट ल्याउने र आफैं जित्ने बताउँदै आएको काँग्रेस र एमालेले भनेको कोर एरियाको मतगणना सुरु भएको छ ।

केशव स्थापित र सिर्जना सिंहकै दावी अनुसार उनिहरुको मत पाएमा बालेन शाह पछ पर्ने आशंकाका बिच कोर एरियाको मतगणना सुरु गरिएको हो । तर काँग्रेस गढ एरिया र एमालेकै गढ एरियामा उनिहरुका उम्मेदवार भन्दा बालेनले भोट बढि पाएपछि त्यस्तो दावि गरिरहेका काँग्रेस र एमाले उम्मेदवार अहिले मौन छन् ।

काठमाडौं महानगरपालिका अन्तर्गत भित्री सहरको वडाहरुको मतगणना अन्तर्गत प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा वडा नम्बर २७ को मतपेटिका खोलिएको छ ।

नेपाल एमालेले 'कोर सिटी'मा आफ्नो प्रदर्शन राम्रो हुने र चुनाव जित्ने दाबी गर्दै आएको छ । तर एमाले उम्मेदवार स्थापित भन्दा दोब्बर मत बालेन शाहले बनाइसकेका छन् । गुठीहरुले मत प्रभावित गर्ने 'कोर सिटी'को वडा नम्बर २७ को मतगणना सुरु भएको छ । हालसम्म सो वडाको ५ सय मत गणना गरिएको छ । जसमा एमालेका उम्मेदवार केशव स्थापितले २०० मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंहले १ सय ४६ र स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६७ मात्रै मत प्राप्त गरेका छन् । त्यस वडामा ३ हजार ५ सय ६१ मत खसेको छ ।

हालसम्म महानगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सम्पन्न भैसकेको छ । अहिले वडा नम्बर ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भैरहेको छ ।

बिहीबार बेलुकी नौ बजेसम्म करिव ६६ हजार मत गणना गरिसकिएको छ । जसमा बालेन शाहले २५ हजार १ सय २५ भोट लेराएका छन् । जबकी एमालेका केशव स्थापित र काँग्रेसका सिर्जना सिंहको भोट जोड्दा बल्ल बालेनको बराबर हुन आउँछ । स्थापितले हालसम्म १३ हजार १ सय ५ र सिंहले १२ हजार ४ सय ४१ भोट लेराएकी छिन् ।

कोर एरिया भनिने काठमाडौंका स्थानिय रैथाने नेवारहरुको भोट कस्तो रहेको छ भन्ने नतिजा भोलीसम्म गणनाहुने मतले निर्धारण गर्ने विश्वास गरिएको छ । पहिलो दिनको सुरुवाती मत गणना हेर्दा एमाले र काँग्रेसीहरुकै भोट बालेनले तानिरहेकाले ठूला दलका ठूला भनिने उम्मेदवारहरु सोचेन्दा धेरै निरास हुने देखिन्छ ।