(Japan) 3 rd July | 2022 | Sunday | 5:04:18 AM || (Nepal) 1:49:18 AM
 
 

विवेकशील साझा पार्टीलाई ऐतिहासिक सफलता, फेटा गाऊँपालिका प्रमुख र उपप्रमुख दुबै पदमा तराजु उम्मेदवार बिजयी

  POSTED ON : Thursday, 19 May, 2022 | Views : 656

विवेकशील साझा पार्टीलाई ऐतिहासिक सफलता, फेटा गाऊँपालिका प्रमुख र उपप्रमुख दुबै पदमा तराजु उम्मेदवार बिजयी


काठमाडौं, नेपाल ।

बैकल्पिक राजनितिक धारको रुपमा उदाएको विवेकशील साझा पार्टीलाई स्थानिय निर्वाचनमा ऐतिहासिक सफलता मिलेको छ ।

पार्टिको तर्फबाट बारा जिल्ला स्थित फेटा गाऊँ पालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा तराजुका उम्मेदवार बिजयी भएका छन ।

पहिलो गाउँपालिकाको नेतृत्व विवेकशील साझा पार्टीको लागी ऐतिहासिक अवसर हो । फेटा गाऊँ पालिकाको प्रमुखमा रुस्तम अनसारी र उप-प्रमुखमा निलम साह बिजयी भएका हुन ।

उक्त गाऊँ पालिकाको २ वटा वडाध्यक्षमा पनि साझा पार्टिका उम्मेदवार बिजयी भएका छन । जसमा क्रमशः वडा न.३ मा  पहलाद साह तेली र वडा न.६ का अमीर हमजा ठकुराई विजय भइसकेका छन ।