(Japan) 5 th June | 2023 | Monday | 1:21:17 AM || (Nepal) 10:06:17 PM
 
 

जापानमा शरण लिन आएकाहरुको लागि अनलाइन जापानी भाषा कक्षा सुरु

  POSTED ON : Wednesday, 18 May, 2022 | Views : 1476

जापानमा शरण लिन आएकाहरुको लागि अनलाइन जापानी भाषा कक्षा सुरु


टोकियो, जापान ।

जापान सरकारले रुससँगको जारी युद्धका कारण विस्थापित भएर शरण लिन आएका युक्रेनीहरुलाई जापानी भाषा पढाउन निःशुल्क अनलाइन कार्यक्रम शुरु गरेको छ । रुसले आक्रमण गरेपछि भागेर जापान आएका युक्रेनीहरुका लागि मंगलबारदेखि अनलाइन कक्षा सञ्चालन गरिएको हो ।

यस कार्यक्रमअन्तर्गत सांस्कृतिक मामिला एजेन्सी र अध्यागमन सेवा एजेन्सीले एक दर्जन जापानी भाषा विद्यालयहरुमा ती विस्थापितहरुलाई विद्यार्थीको रुपमा स्वीकार गर्ने व्यवस्था मिलाएका छन् । मंगलबार टोकियोको शिन्जुकु वडाको एउटा विद्यालयले जापानी कक्षा शुरु गरेको छ । विद्यालयले दुई महीनाको अवधिमा त्यस्ता विस्थापितहरुलाई १५० घन्टाभन्दा धेरै पढाउने योजना बनाएको छ ।

यो कक्षा पूरा हुँदासम्म विद्यार्थीहरु दैनिक बोलीचालीमा सहभागी हुन सक्ने अपेक्षा गरिएको छ । सांस्कृतिक मामिला एजेन्सीका अनुसार आइतबारसम्ममा युक्रेनबाट भागेर आएका ९८४ जना विस्थापित जापानमा छन् । एजेन्सीले ती विस्थापितहरुलाई स्वीकार गर्ने नगरपालिकाहरुलाई उनीहरुका लागि जापानी शिक्षकको व्यवस्था गर्न चाहिने लागतमा सहुलियत दिनेछ ।