(Japan) 19 th April | 2024 | Friday | 2:06:44 AM || (Nepal) 10:51:44 PM
 
 


काठमाडौं महानगरपालिकामा बालेनलाई भेट्ने भन्दा दोस्रो को बन्ने भन्नेमा स्थापित र सिंहको प्रतिस्पर्धा !

  POSTED ON : Tuesday, 17 May, 2022 | Views : 2342

काठमाडौं महानगरपालिकामा बालेनलाई भेट्ने भन्दा दोस्रो को बन्ने भन्नेमा स्थापित र सिंहको प्रतिस्पर्धा !


काठमाडौं, नेपाल ।

काठमाडौं महानगरपालिकामा मेयर उम्मेदवारको मतगणनामा सुरुवातदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले अग्रता झनपछि झन बढाउन थालेका छन् ।

प्रतिस्पर्धीलाई उछिन्दै उनले मत यति फरक बनाएका छन् कि काँग्रेस र एमालेका दुई उम्मेदवारले पाएको मत भन्दा उनको धेरै हुन पुगेको छ ।

सोमबार रात ९ बजेसम्मको मतगणना अनुसार बालेनले ८४ सय २० मत पाउँदा निकटतम प्रतिद्धन्द्धि मानिएका केशव स्थापितले मात्र ४४ सय ३६ भोट लेराएका छन् । 

काँग्रेस, माओवादी, समाजवादी मिलेर संयुक्त उठेकी काँग्रेस उम्मेदवार सिंर्जना सिंहले तेस्रो नम्वरमा मात्र ३८ सय ८१ भोट लेराएको निर्वाचन आयोगले बताएको छ ।

मतगणना जारी रहेको छ ।