काठमाडौं, नेपाल ।
विश्वभर छरिएर रहेका नेपालीहरुको चासो र महत्वका साथ हेरिएको राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह (बालेन)ले अग्रता बढाउँदै लगेका छन् ।
रात ८ बजेर १० मिनेटसम्मको ताजा मत परिणाम अनुसार बालेनले ६ सय ३३ भोट पाएका छन् ।
बालेनका निकट प्रतिद्धन्द्धि रहेका नेकपा एमालेका केशव स्थापितले केवल ४ सय ७४ अर्थात् बालेनको भन्दा १५९ मत ल्याएका छन् ।
सत्ताधारी काँग्रेस, माओवादी, समाजवादी लगायत दलको साझा उम्मेदवार रहेकी काँग्रेस उम्मेदवार सिर्जना सिंहको केवल ३३५ मत आएको छ । यो बालेनको भन्दा झण्डै ३ सय भोट कम हो ।
यसैबिच जारी मत गणनाका क्रममा बदर भएका मध्ये ६० प्रतिशत भन्दा बढी बालेनको पक्षमा आएको मद बदर पाइएको छ । लौरो चुनाव चिन्हको चौघेराभित्र हुनुपर्नेमा बार छोएको, दुई पटक छाप हानेको, लत्पतिएको, पट्याउँदा अर्को चुनाव चिन्हमा पनि स्वस्तिक छाप लाग्न पुगेको जस्ता त्रुटिहरु मतपत्रमा भेटिएका छन् ।
मतगणना भृकुटिमण्डप स्थित काठमाडौं महानगरपालिकाको भवनमा जारी रहेको छ । मतगणना ढिलो गरि भइरहँदा आलोचना बढ्दै गएपछि निर्वाचन आयोगले मतगणनालाई तिब्रता दिने बताएको छ ।