झमक्क साँझमा,
मोही र मकै सँगै व्यथा सुरुभो बिस्तारै ।
आमाको आँचलले छोप्यो बिस्तारै ।
बा ले भो, पर्दैन, हुन्न भनें बिस्तारै,
घाँसकाट्दै बैनीले साथीलाई भनिन् बिस्तारै,
अकमकिदै दाईले भो भनें बिस्तारै ।
जून लुक्दै थियो, सूर्य निस्कदै थियो , लालीमा रातो !
चर्को ब्याजको भारी बा ले बोके बिस्तारै,
तप तप आँशुहरु झरे बिस्तारै ।
दैलोकाे कुनोमा बैनी टोलाई बिस्तारै ।
चियापसलमा,
दामलिहरूले दिक्क माने,
मैं तिर्छु चियाको पैसो सबैले भने ।
बैनीले झोलामा कमीज हालिदिई बिस्तारै ।
बाले ,लौ ला, पुग्छ ? भने बिस्तारै ।
गाईगोठ बाट बह्आ गरी गाई करायो ।
कुखुराको खोरबाट च्याउ- च्याउ गरे ।
कुकुरले लुटुपुटु गर्यो बिस्तारै ।
तुलसाको थानको जल सुरुप्प पारें बिस्तारै
सबैले बाई गरे,
तर, आमा टोलाइन बिस्तारै
घर, टोल, गाउँ पछाडी छोडिए बिस्तारै
" जाउँ जाउँ गुरुजी !" ईशारा दियो
थोत्रो बस गुड्यो बिस्तारै ।
अग्ला अग्ला घरहरू,
झिलिमिली विजुलीहरु,
फराकिलो बाटो सहित ,
एसो स्वागतम् गर्यो काठमाडौंले बिस्तारै ।
एउटो मुन्छे देशबाट निस्कियो बिस्तारै !!!!
तर वास्तविकमा ,
घरको धुरी धस्कियो
टेक्ने जमीन धस्कियो
हाँस्ने खुशी धस्कियो
एउटा विमानस्थलदेखि देश निस्कियो
ऐले,
उ खुसी छ - मुहारमा मात्रै ।
ताजा छ - गुन्द्रुक जस्तै ।
सादा छ - अचार जस्तै ।
आजभोलि,
म्याकमा पसेर पिज्जा भन्छ हतारमा,
खाना खाने हतारमा,
सुत्ने हतारमा,
हतार हतार हतार हतार हतार हतार हतार
खोइ,??
मार्याङघाट पुग्छ पुग्दैन एक थैलो शरीर ।?
उसका सबै उतै छन,
एताका पनि त एतै छन् ,
अन्त्यमा बा ले स्यानो कागजमा लेखेको सम्झियो
" मेराे मात्र नशीवले धक दिँदा जाँदै छु छोडी अब ! "
...
(आनन्द पाैडेल, हाल जापान)