(Japan) 20 th May | 2022 | Friday | 3:33:08 AM || (Nepal) 12:18:08 AM
 
 

तपाईंको त हैन ? जापानमा सवा १ अर्ब येनको लट्रि धनी नभेटेपछि प्रहरिलाई खोजिदिन आग्रह

  POSTED ON : Friday, 21 January, 2022 | Views : 2792

तपाईंको त हैन ? जापानमा सवा १ अर्ब येनको लट्रि धनी नभेटेपछि प्रहरिलाई खोजिदिन आग्रह


टोकियो, जापान ।

स्टार बक्सको लक्की ब्याग लटरी जित्नभन्दा गाह्रो के हुन्छ ? साँच्चैको लटरी । सन् २०२१ को शुरुतिर जापानको ओइता प्रिफेक्चरको साइकी शहरमा एक भाग्यशाली विजेताले १ अर्ब २० करोड येन (१६ करोड ५६ लाख अमेरिकी डलर) बराबरको चिठ्ठा जिते । तर समस्या यो होइन । 

वास्तविक समस्या विजेताले त्यति ठूलो रकमको चिठ्ठाको दाबी नगर्नु हो । चिठ्ठा कम्पनीले सो चिठ्ठाको भाग्यशाली विजेता खोजि गरिरहेको छ ।

उक्त चिठ्ठाको भाग्यशाली विजेतालाई सम्पर्कमा आएर मद्दत गरिदिन स्पोर्ट्स लटरी कम्पनी टोटो ड्रिमले अनुरोध गरेको छ । अहिलेसम्म सार्वजनिक आधिकारिक विवरणअनुसार उक्त चिठ्ठा मेगा बिग लटरीको १२२१ औं पटकको चिठ्ठा हो । सो चिठ्ठा साइकीको लसन कन्भेनियन्स स्टोरबाट किनिएको थियो । लसनसँग सो चिठ्ठा कसले किनेको हो भनेर सबै विवरणहरु छ ।

तर गोपनीयताका लागि अनि सम्भवतः उनीहरुले वास्तविक विजेता नै हो भनेर सुनिश्चित गर्न विजेताको नाम र ठेगाना सार्वजनिक गरेका छैनन् । तपाई सोही विजेता हुनु हुन्छ वा विजेतालाई चिन्नु हुन्छ भने चिठ्ठामा जितेको रकम दाबी कसरी गर्नु हुन्छ ? पक्कै पनि लिटरीको टिकट अनि परिचय पत्र र इन्कान हस्ताक्षर छाप चाहिन्छ । तपाईसँग टिकट छैन भने रकम पाउनु हुन्न । यस खबरप्रति जापानी नेटिजन्सहरुले मिश्रीत प्रतिक्रिया दिएका छन् ।

त्यति ठूलो रकमको चिठ्ठा साँच्चै कसैले जितेकै हो त भनेर एक जनाले प्रश्न गरेका छन् । अर्का एक जनाले भने विजेताले आफ्नो टिकट हराएको हुन सक्ने बताएका छन् । विजेता आफू नै भएको अनि टिकट हराएको भन्दै एक् जनाले मजाक पनि गरेका छन् । 

नतिजा नै नहेर्ने हो भने टिकट किन किनेको भन्ने प्रश्न अर्का एक जनाले गरेका छन् । टिकटको पैसा दाबी नगर्नुको कारण जे भएपनि विजेतासँग यही वर्षको फेबु्रअरी ९ सम्म टिकटको पैसा दाबी गर्ने समय छ ।