टोकियो, जापान ।
जापानमा ५ देखि ११ वर्षबीचका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम सार्थक हुने बताइएको छ । यहाँका बाल चिकित्सकहरुको समूह जेपीएसले यस्तो बताएको भन्दै जिजी प्रेसले समाचार छापेको छ ।
समाजका अनुसार कोरोना भाइरस विरुद्धको खोपले दिर्घ स्वास्थ्य समस्या भएका बालबालिकाहरुमा कोभिडको गम्भीर खालको लक्षण उत्पन्न हुने अवस्था रोक्नेछ । सरकारले खोप कानूनका आधारमा सो उमेर समूहमा खोप लगाउन सक्दो राम्रो प्रयास गर्न खोपलाई सरकारले अनिवार्य बनाउनु पर्छ कि पर्दैन भन्नेबारे चाँहि जेपीएसले केही पनि बताएको छैन ।
५ देखि ११ वर्षबीचका स्वस्थ बालबालिकाहरुमा कोभिड विरुद्धको खोप सो उमेर समूहभन्दा धेरै उमेरका मानिसहरुलाई खोप लगाएको जस्तै अर्थपूर्ण हुने विज्ञप्तिमा भनिएको छ ।
अमेरिकामा सो उमेर समूहका बालबालिकाहरुमा खोपले त्यो भन्दा बढी उमेरका मानिसहरुमा भन्दा कम प्रतिकूल असर देखिएको तर्फ समेत जेपीएसले विज्ञप्तिमा उल्लेख गरेको छ ।