ओसाका, जापान ।
ओसाका, क्योतो र ह्योगोका पश्चिमी जापान प्रीफेक्चरहरूले ओमिक्रोन भेरियन्टको द्रुत प्रसारको बीचमा ती प्रान्तमा कोरोना भाइरस अर्ध आपतकालिन राज्य अन्तर्गत राख्न सरकारलाई शुक्रबार आग्रह गर्ने भएका छन् ।
ओसाकाका गभर्नर हिरोफुमी योशिमुराका अनुसार तीन प्रिफेक्चरहरूको संयुक्त अनुरोधले स्थानीय चिकित्सा प्रणालीमा बढ्दो तनावलाई प्रतिबिम्बित गर्दछ । ओसाकामा दैनिक ६,००० नयाँ संक्रमणहरू थपिंदो छ ।
ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले अर्ध आपतकाल लगाउन केन्द्र सरकारलाई अनुरोध गदर्दै जनवरी २१ मा क्योतो र ह्योगो प्रान्तका आफ्ना समकक्षीहरूसँग ओसाकाको प्रिफेक्चरल मुख्यालयमा कोरोना भाइरस विरुद्धको उपायहरूबारे टेलिकन्फ्रेन्स गर्दैछन् ।
प्रिफेक्चरले कोरोना भाइरस बिरूद्ध शुक्रबारको मुख्यालय बैठक पछि औपचारिक निर्णय लिनेछ ।
अर्ध आपतकाल घोषणापछि स्थानीय गभर्नरहरूलाई आफ्नो तजविजका आधारमा रेस्टुरेन्ट र बारहरू चाँडै बन्द गर्न र रक्सीको सेवा बन्द गर्न वा सीमित गर्न अनुरोध गर्न र आदेश दिन अनुमति मिल्दछ ।
तीन पश्चिमी प्रीफेक्चरहरू बाहेक, होक्काइदो, शिजुओका र फुकुओकाले पनि सरकारलाई अर्ध आपतकालिन राज्य अन्तर्गत राख्नको लागि अनुरोध गर्ने भईसकेका छन ।
फुकुशिमा र शिमानेका गभर्नरहरूले उनीहरूले राष्ट्रिय सरकारलाई आफ्ना क्षेत्रमा अर्ध आपतकालीन नीति लागू गर्न अनुरोध गर्ने घोषणा गरिसकेका छन् ।
जापानले हिरोशिमा, यामागुची र ओकिनावामा जनवरी ९ बाट यो महिनाको अन्त्यसम्म र शुक्रबारदेखि तीन हप्ताका लागि टोकियो र अन्य १२ प्रान्तहरूमा जनवरी २१ बाट फेब्रुवरी १३ तारिखसम्मको लागि अर्ध आपतकाल विस्तार गर्ने निर्णय गरिसकेको छ ।