(Japan) 28 th October | 2021 | Thursday | 10:26:09 AM || (Nepal) 7:11:09 AM
 
 


Japansamachar COVID-19 (Coronavirus) World Live Update


Country Confirmed Today Cases Death Today Death Recovered Critical
No Record Found !
More

जापानमा दशैंको समयमा कोरोनाले नेपालीको ज्यान लियो

  POSTED ON : Wednesday, 13 October, 2021 | Views : 3504

जापानमा दशैंको समयमा कोरोनाले नेपालीको ज्यान लियो


टोकियो, जापान ।

कोरोना भाइरसबाट संक्रमित भएर ज्यान गुमाउने नेपालीको संख्या बढ्न थालेको छ । संक्रमण घट्दो पाईंदा सावधानिहरु अपनाउन छाडेको पाईने गरिरहँदा एकपछि अर्को नेपालीले कोरोना संक्रमणकै कारण ज्यान गुमाउन थालेका छन् ।

यसैको पछिल्लो उदाहरण बन्न पुगेका छन् नेपाल बाग्लुगंका मोहन प्रसाद गौतम । जिल्लाको बाग्लुगं नगरपालिका वडा नम्वर ७ गैरा गाउँ घर हुनुभएका गौतमको यहि अक्टोबर १२ तारिख मंगलबार साँझ निधन भएको हो ।

कोरोना भाइरसबाट बिरामी हुनुभएका गौतमको कोरोनाकै कारण निधन भएको परिवार निकटका व्यक्तिहरुले जानकारी दिनुभएको छ ।

करिव दुई महिनाअघि कोभिड-१९ संक्रमित भएर स्वास्थ्यमा गम्भिर समस्या देखिनुभएका गौतम लामो समय उपचार पश्चात डिस्चार्ज हुनुभएको थियो । उपचार पश्चात घरमा नै स्वास्थ्यलाभ गरिरहँदा पुन स्वास्थ्यमा समस्या देखिएपनि गौतम अस्पताल भर्ना हुनुभएको थियो ।

अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमण पश्चात फोक्सोमा गम्भिर असर पारेको र सोही कारण निधन हुनपुगेको हो ।

करिव ७ बर्षदेखी जापानमा श्रीमती र एक छोराको साथमा बस्दै आउनुभएका गौतमको एक छोरी र दुई छोरा नेपालमा रहेका छन् ।

दक्ष कामदार अन्तर्गत कुक पेशामा कार्यरत गौतमको कोरोनाका कारण निधन भएकाले स्थानिय सरकारले नै आगामी शनिवार दाहसंस्कार गर्ने भएको छ ।