(Japan) 29 th March | 2024 | Friday | 10:34:20 PM || (Nepal) 7:19:20 PM
 
 


जापानमा नेपाली महिला झुण्डिएको अवस्थामा फेला, मृतक बाग्लुगंकी पुर्णा थापा

  POSTED ON : Wednesday, 16 May, 2018 | Views : 16448

जापानमा नेपाली महिला झुण्डिएको अवस्थामा फेला, मृतक बाग्लुगंकी पुर्णा थापा


टोकियो ।

जापानमा एक नेपाली महिलाको असामयिक निधन भएको छ । 

जापानको कान्साईमा नेपाल बाग्लुगं घर भएकी पुर्णा थापा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

जापान गल्कोट घर हुनुभएकी थापा मंगलबार अपरान्ह ३ बजेको समयमा झुण्डिएको अवस्थामा आफु बस्दै आएको कोठामा मृत भेटिएको बताइएको छ ।

मृतक पुर्णा थापाका श्रीमान् नरबहादुर थापाले झुण्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए । आत्महत्या गरेको बताइएकी पूर्णाको शव परिक्षण भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको छ ।

बाग्लुगं गल्कोट निवासी मृतक महिलाको तीन सन्तान रहेका छन् । उनका श्रीमान् नरबहादुर थापा जापानमा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका छन् । थापा गल्कोट समाज जापान क्षेत्री समिति कान्साईका सचिव समेत रहेका छन् ।


यसअघि प्रकाशित समाचार पढ्नुहोस्

जापानमा नेपाली महिला झुण्डिएको अवस्थामा मृत फेला