(Japan) 16 th February | 2026 | Monday | 9:03:32 AM || (Nepal) 5:48:32 AM
 
 


जापानमा रेल स्टेशनमा युवतिमाथि नेपाली युवाको लाजमर्दो हर्कत

  POSTED ON : Thursday, 31 July, 2025 | Views : 1054

जापानमा रेल स्टेशनमा युवतिमाथि नेपाली युवाको लाजमर्दो हर्कत


फुकुओका, जापान ।

जापानको फुकुओका प्रिफेक्चरल प्रहरीले मंगलबार रेल स्टेशनमा एक हाई स्कूलकी छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा एक नेपाली युवालाई पक्राउ गरेको छ । 


ओम प्रकाश भुसाल थरका ३७ बर्षिय नेपाली युवालाई चिकुगो शहरको जेआर चिकुगो–फुनागोया स्टेशनको प्लेटफर्ममा जापानी युवतिमाथि अभद्र व्यवहारको आरोपमा प्रहरिले हिरासतमा लिएको बताएको छ ।


प्रहरीका अनुसार, २९ तारिख साँझ ७:५० बजेतिर, एक महिला हाई स्कूलकी छात्रा घर फर्किँदै थिइन् र रेलको पर्खाइमा रहेको बेन्चमा बसिरहेकी थिइन्, त्यतिबेला उनको छेउमा बसेको एक पुरुषले अचानक उनको तिघ्रा चाट्न थालेका थिए ।


छात्रा त्यो पुरुषबाट टाढा भागिन् र फोनमा आफ्नी आमालाई घटनाको बारेमा जानकारी दिइन्, त्यसपछि उनकी आमाले ११० मा फोन गरिन् र स्टेशन प्लेटफर्ममा उनकी छोरीको तिघ्रा एक पुरुषले चाटेको रिपोर्ट गरेकि थिइन ।


छात्रा रेल चढ्दा, त्यो पुरुषले फेरि उनको छेउमा बस्न खोजेका थिए । त्यसपछि उनी अर्को कारमा भागिन् र आफ्नी आमालाई फेरि सम्पर्क गरिन्, जसले त्यसपछि प्रहरीलाई स्थितिको बारेमा जानकारी गराइन् ।


सूचना पाएपछि, प्रहरी अधिकारीहरू जेआर कुरुमे स्टेशन गए र हाई स्कूलकी छात्रा चढ्ने रेलको प्रतीक्षा गरे । प्रहरिले रेलमा आरोपित भुशाल थरका नेपाली पुरुषलाई भेट्टाएपछि नियन्त्रणमा लिएको थियो । सहमति बिनाको अभद्र आक्रमणको आरोपमा रंगेहात पक्राउ गरेको प्रहरिको भनाइ छ ।


पक्राउ पर्ने व्यक्ति चिकुशिनो शहरमा बस्ने नेपाली इन्डियन रेस्टुरेन्टमा काम गर्ने ३७ वर्षीय ओम प्रकास भुसाल भएको बुझिएको छ ।


सोधपुछको क्रममा आरोपित भुसालले आरोपहरू अस्वीकार गर्दै "म जापानी भाषा बुझ्दिन।" भनेको समाचारमा उल्लेख छ ।


प्रहरीले स्टेशन प्लेटफर्मबाट सुरक्षा क्यामेरा फुटेज जाँच गर्ने सहित त्यस समयमा के भयो भन्ने विवरणहरूको अनुसन्धान अघी बढाएको बताएको छ ।