(Japan) 16 th February | 2026 | Monday | 8:48:03 AM || (Nepal) 5:33:03 AM
 
 


टोकियोमा एक रेष्टुरेण्टमा सँगै काम गर्ने साथीको छुरा प्रहारबाट सहकर्मीको मृत्यु

  POSTED ON : Tuesday, 29 July, 2025 | Views : 618

टोकियोमा एक रेष्टुरेण्टमा सँगै काम गर्ने साथीको छुरा प्रहारबाट सहकर्मीको मृत्यु


टोकियो, जापान ।

टोकियोको व्यस्त इकेबुकुरो क्षेत्रको एक सुशी रेस्टुरेन्ट काम गर्ने एक व्यक्तिको छुरा प्रहारबाट मृत्यु भएको छ । एक ३२ बर्षिय व्यक्तिलाई सँगै काम गर्ने रेष्टुरेण्टको कामदारले छुरा प्रहार गरेको बताइएको छ ।

सँगै काम गर्ने मोयुकी इवाताको हत्या आशंकामा मासाहितो इशियोकालाई प्रहरीले पक्राउ गरेको छ । आपसी विवादका क्रममा आफुले छुरा प्रहार गरेको अभियुक्तले स्विकार गरेको प्रहरीले बताएको छ ।

आफुमाथि गालिगलौज भएपछि आक्रोसमा रिसको झोकमा आफुले रेष्टुरेण्टमा प्रयोग हुने चक्कु प्रहार गरेको पक्राउ परेका अभियुक्तको भनाई छ ।

इशियोकाले इवातालाई छाती र पेट सहित अन्य भागमा छुरा प्रहार गरेका थिए ।