टोकियो, जापान ।
मध्य जापानमा एयर सेल्फ डिफेन्स फोर्सको प्रशिक्षणका क्रममा विमान दुर्घटना भएको छ ।
मध्य जापानमा एयर सेल्फ डिफेन्स फोर्सको प्रशिक्षण विमान जलाशयमा दुर्घटनाग्रस्त भएको हो ।
स्थानीय अग्निशमन विभागले बुधबार दिउँसो ३ बजेपछि आइची प्रान्तको इनुयामा शहरको एक जलाशयमा विमान दुर्घटनाग्रस्त भएको जनाएको छ ।
विमान दुई जना यात्रु बोकेको टि-४ प्रशिक्षण विमान हो । रक्षा मन्त्रालयका अधिकारीहरूले आइची प्रान्तको एएसडीएफ कोमाकी एयर बेसबाट उडान भरेको केही समयपछि इनुयामा शहरको वरपर उडान भरिरहेको बेला विमान राडारबाट गायब भएको बताएका छन् । यो दक्षिणपश्चिम जापानको मियाजाकी प्रान्तको न्युताबारु एयर बेसतर्फ जाँदै थियो।
प्रहरीले विमान इरुकाइके नामक सिँचाइ जलाशयमा दुर्घटनाग्रस्त भएको बताएको छ। नजिकैको कार्यालयमा काम गर्ने एक महिलाले ठूलो आवाज सहित बिमान खसेको बताएकी छिन् ।
इरुकाइके जापानको सबैभन्दा ठूलो सिँचाइ जलाशय मध्ये एक हो र यसले लगभग ६२० हेक्टर कृषि भूमिमा पानी आपूर्ति गर्दछ ।