(Japan) 17 th February | 2025 | Monday | 10:46:04 AM || (Nepal) 7:31:04 AM
 
 


जापानमा कारको ठक्करले सडक किनार उभिइरहेका नेपाली युवाको निधन

  POSTED ON : Saturday, 01 February, 2025 | Views : 2576

जापानमा कारको ठक्करले सडक किनार उभिइरहेका नेपाली युवाको निधन


फुकुओका, जापान ।

जापानको फुकुओका शहरमा कारको ठक्करबाट नेपाली युवाको निधन भएको छ । 


जनवरी ३१ तारिख बिहान, फुकुओका प्रिफेक्चरको शिमे उपत्यकामा फुटपाथमा उभिरहेका एक व्यक्तिलाई कारले ठक्कर दिएको थियो । अचेत अवस्थामा अस्पताल लगिएका उनको पछि उनको मृत्यु भएको घोषणा गरिएको थियो । निधन भएका युवा नेपाली भएको र उनी ३३ बर्षका रोहित चौधरी भएको प्रहरिले बताएको छ ।


१९ वर्षीय कार्यालय कर्मचारी कार चालकले गाडी चलाउँदा आफु निदाएको बताएको प्रहरिले जानकारी दिएको छ । 


प्रहरीका अनुसार, ३१ तारिख बिहान १:०० बजेतिर फुकुओका प्रिफेक्चरको शिमे टाउनको बेप्पुकितामा प्रिफेक्चरल सडकमा फुटपाथमा उभिरहेका चौधरिलाई कारले ठक्कर दिएको थियो।


चौधरी शिमे टाउनमा बस्दै आएको र एक कम्पनीका कर्मचारी भएको समाचारमा उल्लेख छ । ठक्कर लागेपछि उनलाई कारले किचेको र कारमुनिबाट उद्वार गरेर अस्पताल लगिएको थियो ।


भिडियो फुटेजमा कार आउँदै गरेको र ट्राफिकमा ठोक्किएको र फुटपाथ नजिकै भेन्डिङ मेसिनको अगाडि उभिरहेका चौधरीलाई ठक्कर दिएको देखिएको प्रहरिले बताएको छ ।


कारका चालक, शिमे टाउनका १९ वर्षीय जापानी पुरुष हुन । उनले  गाडी चलाउँदा निदाइरहेको बताएका छन ।


प्रहरीले दुर्घटनाको परिस्थितिको अनुसन्धान गरिरहेको, जसमा लापरवाहीपूर्वक गाडी चलाउँदा मृत्यु भएको आरोप पक्राउ परेका अभियुक्त जापानी माथि लगाइएको छ ।