(Japan) 17 th February | 2025 | Monday | 10:33:18 AM || (Nepal) 7:18:18 AM
 
 


अमेरिकामा यात्रुबाहक बिमान र सैनिक हेलिकोप्टर ठोक्किँदा सबै ६७ जनाको निधन !

  POSTED ON : Friday, 31 January, 2025 | Views : 504

अमेरिकामा यात्रुबाहक बिमान र सैनिक हेलिकोप्टर ठोक्किँदा सबै ६७ जनाको निधन !


एजेन्सी ।

अमेरिकाको डिसी क्षेत्रमा यात्रु बाहक बिमान र र्सनिक हेलीकप्टर ठोक्किदा दुवैमा सवार सबैको मृत्यु भएको छ ।

अमेरिकन एयरलाइन्स र सेनाको हेलिकोप्टर विमान दुर्घटनामा बिमानमा सवार ६४ जना र हेलिकोप्टरमा रहेका ३ सैनिकको निधन भएको डिसी अग्नि तथा ईएमएस प्रमुख जोन डोनेलीले बताएका छन् ।

उनले बिहिबार बिहान ८ बजे सम्म ३० जनाको शव फेला पारिएको बताएपनि बाँकी रहेका कोहिपनि जिवित भेटिने सम्भावना टरेको बताएका छन् ।

जनवरी २९, २०२५ को राति वाशिङ्टन, डी.सी. नजिकै रहेको रोनाल्ड रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल वरपर अमेरिकी एयरलाइन्सको बिमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त विमान अमेरिकन एयरलाइन्सको विमान (पिएसए विमानसेवाद्वारा संचालित) क्यान्ससको विचिटाबाट उडान भरेको थियो। विमानमा ६० यात्रु र ४ चालक दलका सदस्य थिए।

अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरमा ३ सैनिक सवार थिए । हालसम्म शव भेटिएकामा हेलिकप्टरमा रहेका एक सैनिक र बाँकी बिमानमा रहेका यात्रु रहेको अधिकारीहरुले बताएका छन् ।