(Japan) 17 th February | 2025 | Monday | 11:03:53 AM || (Nepal) 7:48:53 AM
 
 


पूर्व सहपाठीको घर जलाएको आशंकामा १६ वर्षीय किशोर पक्राउ

  POSTED ON : Wednesday, 29 January, 2025 | Views : 408

पूर्व सहपाठीको घर जलाएको आशंकामा १६ वर्षीय किशोर पक्राउ


ओसाका, जापान ।

ओसाका प्रान्तको सकाई शहरमा प्रहरीले पूर्व सहपाठीको घर जलाएको आरोपमा १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, जनवरी २४ मा बिहान करिव ९ बजे अभियुक्तले दुई तले घरमा पसेर आगो लगाएको आशंका गरिएको छ ।

त्यतिबेला आमाबाबु र उनीहरूका तीन बच्चाहरूमध्ये दुई बाहिर थिए । १२ वर्षीया बालिका आगोबाट बच्न दोस्रो तलाबाट हाम फालेकी थिइन् । खुट्टामा चोट लागेको र धुवाँमा निसास्सिएको कारण उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगो लागेको घरमा बस्ने बालकले अभियुक्त पूर्व जुनियर हाई स्कूलको सहपाठी भएको बताएका छन् ।

आगलागी लगत्तै एक प्रत्यक्षदर्शीले एक किशोरलाई घरबाट बाहिर निस्किरहेको देखेका थिए । प्रहरीले सडक निगरानी क्यामेरा फुटेजको विश्लेषण गरेपछि संदिग्ध व्यक्तिको पहिचान गरेको थियो ।

आफ्नो बुबासँगै अभियुक्तले शनिबार राति प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।

प्रहरीले आरोप अस्वीकार गरेको र 'म यो सबै मेरो वकिललाई छोड्छु' भन्दै थप बोल्न अस्विकार गरेको बताइएको छ ।