(Japan) 17 th February | 2025 | Monday | 9:20:37 AM || (Nepal) 6:05:37 AM
 
 


बेलायती राजकुमार एडवार्ड पत्नि सहित नेपाल भ्रमणमा आउँदै

  POSTED ON : Friday, 24 January, 2025 | Views : 326

बेलायती राजकुमार एडवार्ड पत्नि सहित नेपाल भ्रमणमा आउँदै


काठमाडौं, नेपाल ।

बेलायतका राजकुमार एडवार्ड पत्नि सहित नेपाल भ्रमणमा आउने भएका छन् । आगामी फेब्रुवरी ४ तारिखमा श्रीमती सोफियासहित राजकुमार एडवार्ड निजी भ्रमणमा नेपाल आउन लागेका हुन् । 

गृह मन्त्रालय स्रोतका अनुसार ४ फेब्रुवरीमा आएर बेलायती राजकुमार परिवार ८ फेब्रुवरीमा फर्कने कार्यक्रम छ । गृह मन्त्रालयले उनीहरूको भ्रमणको सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई पत्राचार गरिसकेको छ । 

राजकुमार र राजकुमारी कहाँ–कहाँ घुम्ने भन्ने विषयमा भने विवरण सार्वजनिक गराइएको छैन । साथै, नेपालमा उनीहरूको भेटघाटको विवरण समेत गोप्य राखिएको छ ।

बेलायती राजपरिवारको वेबसाइडमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट सुरुगर्न लागेको जानकारी गत १४ जनवरीमा सार्वजनिक गरिएको थियो ।