(Japan) 17 th February | 2025 | Monday | 10:54:04 AM || (Nepal) 7:39:04 AM
 
 


जापानमा कोरोनाका कारण १३०,००० जनाको मृत्यु, ७ करोड व्यक्ति संक्रमित

  POSTED ON : Wednesday, 15 January, 2025 | Views : 1086

जापानमा कोरोनाका कारण १३०,००० जनाको मृत्यु, ७ करोड व्यक्ति संक्रमित


टोकियो, जापान ।

जापानमा कोरोना भाइरस (कोभिड-१९) का कारण हालसम्म ७ करोड भन्दा बढि संक्रमणको घटना पाइएको तथ्यांक सार्वजनिक भएको छ । यसैगरि कोरोना भाइरस संक्रमण पश्चात निधन भएकाको संख्या १ लाख ३० हजार पुगेको छ ।

सन् २०१९ मा सुरु भएर सन् २०२२ मा कोडिभ संक्रमणको महामारिपछि कोभिड संक्रमणकै कारण ज्यान गुमाउनेको संख्यामा लगातार उल्लेख्य कमि आएको सरकारी तथ्यांकले देखाएको छ । तर डरलाग्दो पक्ष के भने अझैपनि भित्रभित्रै फैलिरहेको कोभिड संक्रमणबाट अन्य अन्य फ्लुको संक्रमणबाट ज्यान गुमाउनेको संख्या भन्दा उच्च रहेको छ ।

जापानले सन् २०२३ बाट कोभिड संक्रमणलाई सामान्य फ्लुमा वर्गिकरण गरेसँगै सिमा खुला तथा यसको नियमित संक्रमित तथ्यांकहरु राख्न र सार्वजनिक गर्न छाडेको छ ।

जापानले सन् २०२३ मे महिनादेखि कोभिडलाई फ्लू सरह सामान्य सरुवा भाइरसमा वर्गिकरण गरेको छ ।

जनसंख्या गिरावटको चर्को दबाव खेपिरहेको जापानमा कोभिड महामारीपछि जन्मदरमा थप तिब्रगतिमा गिरावट देखिएको छ ।

मानसिक रोगी तथा आत्महत्या लगायतका घटनामा समेत बृद्धि भएको विवरणहरुले देखाएपनि देशको अर्थतन्त्र पूर्ववत अवस्थामा फर्किएको छ । तर जापानी येनको लगातारको गिरावट, महंगी लगायतका कारण कोभिड महामारिबाट मुक्त भएको खुशी साट्न नपाउँदै जापानवासीहरु येनको अवमूल्यनले महंगिको तिब्र सामना गरिरहेका छन ।