इबाराकी, जापान ।
इबाराकी प्रान्तको प्रहरी चौकीमा थुनामा रहेकी एक थाई महिलाको निधन भएको छ । ति महिलाको जनवरी १२ को बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।
जनवरी १२ को बिहान लगभग ५ः१५ बजे नामेगाता शहरको नामेगाता प्रहरी चौकीका अनुसार, एक हिरासत अधिकारीले ४६ वर्षीया महिलाले कठिन गरि सास फेर्दै गरेको देखेपछि आपतकालीन सेवामा फोन गरेका थिए । एम्बुलेन्सबाट लैजाँदै गर्दा महिला बेहोस भइन् र बिहान ७ः०५ बजे अस्पतालमा उनको मृत्यु भएको पुष्टि भयो ।
आप्रवासन नियन्त्रण र शरणार्थी पहिचान ऐन उल्लङ्घन गरेको आशंकामा महिलालाई जनवरी ९ मा पक्राउ गरिएको थियो । जनवरी १० मा खाना नखाएको कारणले गर्दा उनले प्रान्तीय शहर सुचिउराको एक अस्पतालमा डाक्टरहरुसँग चेकजाँच गराएकी थिएन ।
जनवरी ११ तारिख उनले दिउँसो ३ः३५ बजेतिर उनलाई बोलाउँदा जवाफ दिएकी थिइनन् ।प्रहरीले एम्बुलेन्स बोलाएपनि प्यारामेडिक्स आइपुग्दासम्म उनी निको भइसकेकी थिइन् र उनलाई अस्पताल लगिएको थिएन ।
महिलाको मृत्युपछि, प्रहरी चौकीले टिप्पणी गर्दै आफुहरुको हेरचाहमा कुनै कमजोरी वा समस्या नरहेको भन्दै आवश्यक थप जाँचबुझमा सहयोग गर्ने जनाएको छ ।