टोकियो, जापान ।
शनिबार टोकियोको शिबुया वार्डमा भवनबाट एक किशोर १० औं तलाबाट लडेर वा हाम फालेर आत्महत्या गरेका छन् । ति युवा हामफाल्दा पैदल यात्रा गरिरहेका यात्रुमाथि बजारिन पुग्दा यात्रु गम्भिर घाइते भएका छन् ।
प्रत्यक्षदर्शीले प्रहरीलाई बताए अनुसार शिबुया स्टेशन नजिकैको पार्को भवनबाट ति युवा खसेका थिए ।
प्रहरीले पार्कोको १० औं तलाको बाहिरी टेरेसबाट किशोर हाम फालेको देखिएको बताएको छ । आफ्नी श्रीमतीसँग तल हिँडिरहेका ५० वर्षीय एक पुरुषलाई हाम फालेका युवाको खुट्टाले लागेपछि टाउकोमा चोट लागेको छ ।
पुरुष र किशोरलाई अस्पताल लगिएको थियो । करिव १८ वर्ष उमेरको अनुमान गरिएको किशोरको मृत्यु भएको छ । घाइते पैदल यात्रु पुरुषको अवस्था गम्भिर रहेपनि ज्यान जोखिममा नरहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा युवा हाम फालेको भागमा सार्वजनिक प्रवेश बिरलै हुने र खस्ने अवस्था नरहेकाले मृतक युवाले जानाजान हाम फालेर आत्महत्या गरेको देखिन्छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।