(Japan) 17 th February | 2025 | Monday | 10:01:16 AM || (Nepal) 6:46:16 AM
 
 


टोकियोमा बच्चा पाउनेले थप १० मान येन सहयोग पाउने

  POSTED ON : Sunday, 12 January, 2025 | Views : 694

टोकियोमा बच्चा पाउनेले थप १० मान येन सहयोग पाउने


टोकियो, जापान ।

जापान सरकारले २०२३ आर्थिक वर्षदेखि बच्चा जन्माउँदा सहयोग गर्ने एकमुष्ट भत्ता ४२०,००० येनबाट ५००,००० येन पुर्‍याएको छ । तर यो पनि अपुग भएको टोकियोवासीको गुनासोलाई सम्वोधन गर्दै महानगरले अतिरिक्त १० मान येन सहयोग गर्ने भएको छ ।

जापान सरकारले प्रसुति हुँदा उपलब्ध गराउँदै आएको औषत ५० मान येन प्रसुतिमा १० मान आर्थिक सहायता बढाउने निर्णय टोकियो महानगरले गरेको हो ।

टोकियो महानगरले प्रसूतिका बेला पीडा रहित सन्तानको जन्म गराउन टोकियो महानगरमा बसोबास गर्ने गर्भवती महिलालाई १० मान येनसम्मको आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । 

एनेस्थेसियाको अवस्थामा आर्थिक सहायता प्रदान गर्ने टोकियो जापानको पहिलो प्रान्त बनेको छ ।

यस बाहेक टोकियो महानगरले यसै वर्षको सेप्टेम्बरदेखि अहिले रहेका दोस्रो बच्चा र त्यसपछिका लागि मात्र निःशुल्क हुने बाल स्याहार शुल्कलाई पहिलो बच्चालाई पनि निःशुल्क गर्ने योजना कार्यान्वयन गर्ने भएको छ । यो निर्णयपछि टोकियोमा बच्चा जन्माउनेहरुले बाल स्याहारको शुल्क तिर्नुपर्ने छैन् ।

मुख्य त अभिभावकहरुको आर्थिक भार कम गराउन र सरकारले जन्मदर वृद्धि वा कम्तिमा स्थिर राख्न गरेको लक्ष्यलाई सघाउने गरि टोकियो महानगरकी मेयर युरिको कोइकेले आफ्नै चुनावी घोषणा अनुसार नयाँ सहायता कार्यक्रम कार्यान्वयनमा ल्याएकी हुन् ।