(Japan) 17 th February | 2025 | Monday | 9:30:39 AM || (Nepal) 6:15:39 AM
 
 


आफुलाई वेवास्ता गरेको भन्दै टोकियोको एक विश्वविद्यालयमा छात्राद्धारा अन्धाधुन्ध हथौडा आक्रमण

  POSTED ON : Saturday, 11 January, 2025 | Views : 846

आफुलाई वेवास्ता गरेको भन्दै टोकियोको एक विश्वविद्यालयमा छात्राद्धारा अन्धाधुन्ध हथौडा आक्रमण


टोकियो, जापान ।

टोकियो प्रहरीले होसेई विश्वविद्यालयको तामा क्याम्पस, माचिदा, टोकियोमा हथौडा प्रहार गरि आठ जनालाई घाईते बनाएको आरोपमा एक महिला विद्यार्थीलाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुमाथि हथौडा आक्रमण भएपछि माचिदा शहरमा अवस्थित क्याम्पसका एक कर्मचारीले शुक्रबार दिउँसो आपतकालीन कल गरेका थिए । ती व्यक्तिले हथौडा चलाउने एक विद्यार्थीले केही मानिसहरूलाई घाइते बनाएको बताएका थिए ।

महानगरीय प्रहरी विभागले कक्षाकोठामा रहेका आठ विद्यार्थीको टाउको वा शरीरमा चोट लागेको बताएको छ । उनीहरूको अवस्था भने खतरामुक्त रहेको प्रहरीले बताएको छ ।

२२ वर्षीया संदिग्ध युवती सामाजिक विज्ञान संकायकी विद्यार्थी हुन् । उनले प्रहरीलाई बताएअनुसार विद्यार्थीहरूको एउटा समूहले उनलाई बेवास्ता गर्दा उनी निराश भएकी थिइन् । जसका कारण उनले क्याम्पसमा फेला परेको हथौडाले आक्रमण गरेकी हुन् ।

क्याम्पसमा रहेका एक विद्यार्थीले उनका एक साथीले उनलाई एक महिलाले हमला गरेकोबताएको र यस्तो घटना अचानक हुनु डरलाग्दो भएको बताए ।

अर्का विद्यार्थीले कक्षाकोठामा भएको भए आफू पनि पीडित हुन सक्थे भन्ने सोचेर डराएको बताएका छन् ।

प्रहरीले घटनाको बारेमा विस्तृत अनुसन्धान गरिरहेको बताएको छ ।