(Japan) 17 th February | 2025 | Monday | 11:12:48 AM || (Nepal) 7:57:48 AM
 
 


पोखरीमा कार डुब्दा अमेरिकामा दुई नेपालीको मृत्यु

  POSTED ON : Friday, 10 January, 2025 | Views : 3284

पोखरीमा कार डुब्दा अमेरिकामा दुई नेपालीको मृत्यु


भर्जिनिया ।

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । 

बिहीबार बिहान साढे ७ बजे भर्जिनियाको स्यान्टिल्लीमा रहेको विन्डम होटेल परिसरमा रहेको पोखरीमा कार खस्दा निधन भएको हो । पोखरीमा खसेको कारमा रहेका दुई नेपालीको मृत्यु भएको एनबीसीवाशिङ्गटनडटकमले उल्लेख गरेको छ ।

मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्ट छन् । १० फिट जमेको पानीमा उनीहरू डुबेको समाचारमा उल्लेख छ । 

उद्धारका लागि पोखरीमा प्रहरी पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो । 

“यो सानो सजावटी पोखरी हो । वास्तवमै यसमा डुबेर मृत्यु हुन्छ जस्तो लाग्दैन,” उद्धार प्रयासको प्रत्यक्षदर्शी बोनी गोल्डेनले भनेका छन्, “कहाँ मृत्यु हुन्छ भनेर सोच्दा पनि डरलाग्दो छ ।” 

खड्का सोही होटेलमा हाउस किपिङमा काम गर्दै आएका थिए ।