(Japan) 17 th February | 2025 | Monday | 9:04:10 AM || (Nepal) 5:49:10 AM
 
 


होसियारी अपनाऔं : गिफुमा हिउँमा चिप्लिएर कार धकेल्ने व्यक्तिको मृत्यु

  POSTED ON : Thursday, 09 January, 2025 | Views : 508

होसियारी अपनाऔं : गिफुमा हिउँमा चिप्लिएर कार धकेल्ने व्यक्तिको मृत्यु


टोकियो, जापान ।

गिफु प्रान्तको गेरो शहरमा, हिउँका कारण ढलानमा अड्किएको कारलाई मद्दत गर्न खोजिरहेका एक व्यक्तिको अचानक पछाडि फर्केको कारले ठक्कर दिएर मृत्यु भएको छ ।

प्रहरीले कार हिउँमा चिप्लिएर पछाडि फर्किएको विश्वास गरेको छ र त्यतिबेलाको परिस्थितिको विस्तृत रूपमा अनुसन्धान गरिरहेको छ ।

८ तारिख साँझ साँडे ७ बजेतिर, गिफु प्रान्तको गेरो शहरको हागीवारा चोमा कार चलाइरहेका एक व्यक्तिले प्रहरीलाई घटनाको रिपोर्ट गरेका थिए । ति व्यक्तिका अनुसार हिउँका कारण ढलानमा चढ्न नसकेको र एक पैदल यात्रीले गाडी धकेल्न मद्दत गरिरहँदा ति व्यक्तिको निधन भएको हो ।

प्रहरीका अनुसार, नजिकैका बासिन्दा ७३ बर्षिय कोइची हाशिमोतो ढलानमा अड्किएको कारलाई पछाडिबाट धकेल्दै मद्दत गर्न खोजिरहेका थिए तर अचानक पछाडि फर्केको कारले ठक्कर दिएको थियो ।

दुर्घटनापछि हाशिमोतोलाई अस्पताल लगिएको तर एक घण्टा पछि उनको मृत्यु भएको पुष्टि भएको थियो ।

प्रहरीले हिउँ परेको क्षेत्रमा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन चालकहरुमा अनुरोध गरेको छ ।