(Japan) 17 th February | 2025 | Monday | 9:58:06 AM || (Nepal) 6:43:06 AM
 
 


तोरु माएदा नेपालका लागि जापानको नयाँ राजदूत नियुक्त

  POSTED ON : Thursday, 09 January, 2025 | Views : 768

तोरु माएदा नेपालका लागि जापानको नयाँ राजदूत नियुक्त


टोकियो, जापान ।

जापान सरकारले नेपालका लागि राजदूतमा परिवर्तन गरेको छ ।

नेपालका लागि तोरु माएदा नयाँ राजदूतका रुपमा नियुक्त भएका छन् ।

नेपालका लागि नवनियुक्त राजदूत माएदाले यसअघि ब्रुनाईका लागि समेत राजदूतको रुपमा कार्यभार सम्हालिसक्नुभएको छ ।

माइदा तोरुले सन् १९८५ मा जापानको परराष्ट्र मन्त्रालयबाट आफ्नो करियर सुरु गरेका थिए र विगत ३५ वर्षदेखि विदेश सेवामा कार्यरत छन् ।

माएदाले यसअघि म्यानमार, फ्रान्स, लगायत देशको राजदूतावासमा रहेर विभिन्न पदमा सेवा गरिसक्नभएको छ । 

जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) का वरिष्ठ उपाध्यक्ष, जेनेभामा जापानको स्थायी नियोगको प्रमुख, र इन्डोनेसियामा जापानी दूतावासको आर्थिक मामिलाको जिम्मेवाी समेत सम्हालिसक्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा अन्तर्राष्ट्रिय सहयोग ब्यूरो र खुफिया विश्लेषण सेवामा निर्देशक जस्ता पदहरु सम्हालिसक्नुभएका तोरु कुशल कुटनीतिज्ञका रुपमा चिनिनुहुन्छ ।

टोकियो विश्वविद्यालयबाट कानूनमा स्नातक र एम.एस. जर्जटाउन विश्वविद्यालयबाट विदेश सेवामा स्नातक गर्नुभएको छ ।

हाल नेपालको लागि राजदूत रहनुभएका किकुता युताका आफ्नो कार्यकाल पुरा गरेर जापान फर्कने तयारीमा रहनुभएको छ ।

यसैबिच जापानका लागि नेपाली महामहिम राजदूत दुर्गा बहादुर सुवेदीले नेपालका लागि नवनियुक्त जापानी राजदूत तोरु माएदालाई नेपाली राजदुतावसमा स्वागत गर्नुभइ उहाँको कार्यकालमा नेपाल जापान सम्वन्ध थप उचाईमा पुग्ने विश्वास सहित शुभकामना व्यक्त गर्नुभएको छ ।