(Japan) 17 th February | 2025 | Monday | 10:10:59 AM || (Nepal) 6:55:59 AM
 
 


टोकियो महागर सुत्केरी व्यथा लागेपछिको खर्च पनि सहयोग गर्दै

  POSTED ON : Wednesday, 08 January, 2025 | Views : 256

टोकियो महागर सुत्केरी व्यथा लागेपछिको खर्च पनि सहयोग गर्दै


टोकियो, जापान ।

जापान सरकारले उपलब्ध गराउँदै आएको सुत्केरी खर्च अपुग भएको भन्दै बढ्दो महंगी बिचमा जन्मदर बढाउन र शहर भित्रका बासिन्दालाई सहयोग पुर्याउन टोकियो महानगरले सुत्केरी व्यथा लागेपछि हुने अन्य खर्चमा सहयोग गर्ने भएको छ ।

टोकियो महानगर सरकारले सन् २०२५ को आर्थिक वर्षदेखि सुत्केरी हुने महिलाहरूलाई गर्भ रहेपछि हुने एपिड्युरल (पीडारहित) प्रसवका लागि अनुदान प्रदान गर्ने योजना अघि बढाएको छ ।

टोकियो महानगरको यो योजना अनुसार काम भएमा सन्तान जन्माउन चाहने महिलाहरूका लागि शारीरिक अवस्था तथा आर्थिक अवस्था हेरेर महागरले आवश्यक थप सहयोग उपलब्ध गराउने छ ।

दोस्रो पटक टोकियो महानगरको मेयरमा उम्मेदवार रहँदा गत बर्ष चुनावी बाचा गरेकी गभर्नर युरिको कोइकेले त्यसलाई पुरा गर्ने लक्ष्य अनुरुप यो योजना अघि बढाएकी हुन् ।

जापान सरकारले हाल सुत्केरी हुने महिलाहरूलाई ५००,००० येन एकमुष्ट भत्ता उपलब्ध गराउँदै आएको छ । यो रकम सामान्यतया महिलाले सन्तान जन्माएको समयमा अस्पताल उपचार लगायतलाई मात्र पुग्ने गर्दछ । त्यस अघि वा पछि लाग्ने अन्य सुत्केरी उपचारको खर्च सबै आफैंले व्यहोर्नुपर्ने हुन्छ ।

नयाँ योजना अनुसार अनुदान कार्यक्रम लागू भएमा एपिड्युरल प्रसवको खर्चलाई कम गरी महिलाहरूलाई थप सुविधा टोकियो महानगरले उपलब्ध गराउनेछ ।

हालसम्म जापानको कुनैपनि प्रान्तमा लागू नभएको यो अनुदान कार्यक्रम टोकियोमा लागू भएमा सन्तान जन्माउने योजना बनाएका धेरै महिला तथा जोडीहरुले लाभ लिन सक्नेछन् ।