टोकियो, जापान ।
गत वर्ष नयाँ बर्षकै दिनमा गएको शक्तिशाली भूकम्प र मुसलधारे वर्षाले प्रभावित इशिकावा प्रान्तका दुई सहरको अनुमानित जनसंख्या लगभग ३० प्रतिशतले घटेको पाइएको छ । एक शहरमा ३७ प्रतिशतसम्म जनसंख्या घटेको एक अध्ययन विश्लेषणले देखाएको छ।
टोकियो विश्वविद्यालयका अन्वेषकहरूद्वारा सुरू गरिएको लोकेशनमाइन्डले वाजिमा र सुजु सहरहरूको जनसंख्यामा भएका परिवर्तनहरूको विश्लेषण गर्न जापानी टेलिकम फर्म एनटिटिडोकोमोद्वारा प्रदान गरिएको मोबाइल फोनहरूबाट अज्ञात स्थान डेटा प्रयोग गरेर यस्तो विवरण सार्वजनिक गरेको हो ।
यसको विश्लेषणले वाजिमाको जनसंख्या ३० प्रतिशत र सुजुको ३७ प्रतिशतले घटेको अनुमान गरिएको छ । यसले गत वर्षको डिसेम्बर २०२३ र नोभेम्बरसम्मको तथ्याङ्कलाई तुलना गरेको छ, जुन भूकम्प अघि र पछिका छन् ।
कम्पनीले निश्चित समयका लागि २ सहरमा बसेकाहरूलाई बासिन्दाको रूपमा गणना गरेको थियो, मोबाइल फोन नभएका मानिसहरूका लागि सम्भावित नम्बरहरू थपिएका थिए ।
यो गिरावट प्रिफेक्चरल तथ्याङ्कसँग एकदमै विपरित छ, जसले आवासीय सर्टिफिकेट जस्ता डेटाको आधारमा हरेक महिना नगरपालिकाको जनसंख्याको अनुमान गर्छ । वाजिमा र सुजुको जनसङ्ख्या गत जनवरीदेखि गत नोभेम्बरसम्म ९ प्रतिशतले घटेको सरकारी तथ्यांकले देखाउँछ ।
लोकेसन माईण्डले संकेत गरेको छ कि केही व्यक्तिहरूले आफ्नो निवासको प्रमाणपत्र अद्यावधिक नगरी सहर छोडेका हुन सक्छन्, यसले वास्तविक जनसंख्या प्रिफेक्चरले अनुमान गरेको भन्दा बढी संकुचित भइरहेको विश्वास गरिएको छ ।
पुर्ननिर्माणको काम जतिसक्दो छिटो सम्पन्न नभएमा शहर छाडेर गएकाहरु फर्कन कठिन हुँदै जाने अधिकारीहरु बताउँछन् ।