(Japan) 13 th November | 2025 | Thursday | 8:02:24 PM || (Nepal) 4:47:24 PM
 
 


ओगाकी हायाशी जापानको सबैभन्दा पाको हजुरआमा

  POSTED ON : Tuesday, 07 January, 2025 | Views : 1044

ओगाकी हायाशी जापानको सबैभन्दा पाको हजुरआमा


टोकियो, जापान ।

गिफु प्रिफेक्चरको तोकी शहरमा बस्दै आउनुभएकी ११५ वर्षीया ओगाकी हायाशी जापानको सबैभन्दा पाको उमेरकी व्यक्ति बन्नुभएको छ ।


उहाँको जन्म सन १९०९ सेप्टेम्बर २ मा भएको एनएचको समाचार सस्थाले उल्लेख गरेको छ । 


ओगाकी हायाशीलाई जापानको सबैभन्दा पाको उमेरको व्यक्तिको उपाधि ह्योगो प्रिफेक्चरकी ११६ वर्षीया तोमिको इतोओकाको निधनपछि दिइएको हो । 


विश्वकै बृद्व इतोओकाको सन २०२४, डिसेम्बर २९ तारिखमा निधन भएको थियो ।