टोकियो, जापान ।
कलिलो उमेरमा काम र पढाइको तनाव, घरपरिवारबाट कमाईको दबाव, पारिवारिक जिम्मेवारी, व्यक्तिगत समस्या र सम्वन्ध अनेक बोझ बोझ्न सक्षम नहुँदै परदेशिएका नेपाली विद्यार्थीहरु थाहै नपाई मुत्यृको मुखमा पुगिरहेको ज्वलन्त घटना हो दैलेखककी राधिका रावको निधन ।
जापान पढ्न आएको ६ महिना मात्र पुगिरहँदा जापानको पढाई, काम, रोजगारी यहाँको संघर्ष र सम्भावनाबारे बुझ्न नपाउँदै राधिका बुधवार आफ्नै कोठामा मृत फेला परिन् ।
सँधै उनको थकानलाई टेको दिएको उनी सुत्दै आएको खाट उनको जीवन त्यागको गलत निर्णयमा पनि टेको बन्न पुगिदियो ।
टोकियो नजि साइतामाको हिगासी उरावामा जापानी भाषा पढ्दै आएकी दैलेख खुल्लुकी राधिका मंगलबार राती आफु बस्दै आएको होस्टलमा मेसमा खाना खान नआएपछि साथिहरुले खोजि गरेका थिए । तर उनि तल नओर्लिएको सँगै कोठामा बस्दै आएका साथी समेत काममा गएकाले ढोना नखुल्दा साथिहरुले झ्यालबाट चियाएर हेर्दा पर्दा नलगाएकाले उनि खाटमा पासो लगाएको जस्तो अवस्थामा देखे ।
कलेज, प्रहरी सबैतिर खवर गरिएपनि बिहान मात्र प्रहरी पुगेर चेक गर्दा १९ बर्षिया राधिको जीवन लिला समाप्त भइसकेको पाइएको थियो । प्रहरीले अहिले शव नियन्त्रणमा लिएर अस्पतालमा पोष्टमार्टमका लागि राखेको र थप अनुसन्धान भइरहेको आफुहरुलाई जानकारी दिएको घटनास्थल पुग्नुभएका एनआरएनए जापानका उपाध्यक्षा सिद्धार्थ श्रेष्ठले जानकारी दिएका छन् ।
प्रहरीको अनुसन्धान र पोष्टमार्टम रिपोर्ट पछि मात्र थप जानकारी आउने र दुःखद घटनाबारे नेपाल स्थित परिवारमा जानकारी गराइसकिएको कर्णाली प्रदेश समाज जापानका बिरेन्द्र शाहले जानकारी दिएका छन् ।