(Japan) 13 th December | 2024 | Friday | 1:29:50 AM || (Nepal) 10:14:50 PM
 
 


इजरायल र हिजबुल्लाह बिच युद्धविराम सम्झौता

  POSTED ON : Wednesday, 27 November, 2024 | Views : 398

इजरायल र हिजबुल्लाह बिच युद्धविराम सम्झौता


एजेन्सी ।

इजरायलले लेबनानमाथि गरिरहेको सैन्य आक्रमण रोक्नेगरि इजरायल र हिजबुल्लाह बिच युद्धबिराम भएको छ । अमेरिका र फ्रान्सको मध्यस्थतामा बुधबारदेखि लागू हुनेगरि दुवैपक्ष युद्धविराममा सहमत भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविरामको उद्देश्य स्थायी शान्ति भएको बताइएको छ ।

इजरायलले सेना फिर्ता गर्ने, लेबनानले इजरायल सिमा क्षेत्रमा ५ हजार सेना तैनाथ गर्ने गरि युद्धबिराम भएको छ । हाल इजरायलसँगको सिमा क्षेत्रमा हिजबुल्लाहको बलियो पकड रहि आएको थियो ।

सम्झौता भएको खवर आउन नपाउँदै युद्धअपराधमा दोसी ठहर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कुनै पनि हिजबुल्लाहको उल्लङ्घनमा कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम बुधबारदेखि लागू हुने छ । दुवै पक्षले संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको सम्झौतालाई स्वीकार गरेपछि बुधबारदेखि लागू हुने भएको हो ।

यो सम्झौताले इजरायललेबनानी सीमानाको द्वन्द्वको अन्त्यको लागि बाटो खुला गरेको छ । जुन गत वर्ष गाजामा इजरायलले थालेको नरसंहारदेखि हजारौं मानिसहरूको ज्यान लिइसकेको छ ।

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले सम्झौतालाई अनुमोदन गरेपछि ह्वाइट हाउसमा टिप्पणी गर्दै बाइडेनले उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबनानका कार्यवाहक प्रधानमन्त्री नाजिब मिकातीसँग कुरा गरेको बताए । दुवै पक्षले भिडन्त स्थानिय समय अनुसार बिहान ४ बजेबाट रोक्नेछन् ।

'यो शत्रुताको स्थायी अन्त्यको लागि डिजाइन गरिएको हो' बाइडेनले भनेका छन् ।

लेबनानको सेनाले इजरायलसँगको सीमा नजिकको इलाकालाई नियन्त्रणमा लिएपछि इजरायलले बिस्तारै ६० दिनमा आफ्ना सेना फिर्ता लिनेछ, बाइडेनले भने हिजबुल्लाहले त्यहाँ आफ्नो पूर्वाधार पुनर्निर्माण नगर्ने कुरा सुनिश्चित गर्न इजरायलसँगको सीमाना नजिकको क्षेत्रलाई नियन्त्रणमा लिएको छ ।

इजरायली बमबारीबाट विस्थापित भएका लेबनानी र इजरायली सिमाबाट सुरक्षाको कारण इजरायलले अन्यत्र सोका दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रूपमा आफ्नो समुदायमा फर्कन सक्षम हुने विश्वास गरिएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोसल मिडिया प्लेटफर्म एक्समा सम्झौतामा हस्ताक्षर गरेकोमा खुशी व्यक्त गर्दै भने, 'यो संयुक्त राज्य अमेरिकासँग नजिकको सहकार्यमा इजरायली र लेबनानी अधिकारीहरूसँग धेरै महिनादेखि गरिएको प्रयासको सफलता हो ।'

लेबनानका मिकातीले एक विज्ञप्ति जारी गरी सम्झौताको स्वागत गरेका छन् । विदेशमन्त्री अब्दल्लाह बो हबिबले यसअघि इजरायली सेना फिर्ता भएपछि लेबनानी सेना दक्षिणी लेबनानमा कम्तीमा ५,००० सेना तैनाथ गर्न तयार रहेको बताएका थिए।

नेतान्याहुले युद्धविराम सम्झौता कार्यान्वयन गर्न आफू तयार रहेको र हिजबुल्लाहले गरेको कुनै पनि उल्लङ्घनलाई बलपूर्वक जवाफ दिने बताए ।

आफ्नो गठबन्धन सरकार भित्रबाट सम्झौताको केही विरोधको सामना गरिरहेका नेतान्याहुले हिजबुल्लासहँगको युद्धविरामले इजरायललाई इरानबाट हुने खतरामा ध्यान केन्द्रित गर्न, हतियार आपूर्तिको कमीलाई पुनःपूर्ति गर्न र सेनालाई आराम दिन र हमासलाई अलग्गै राख्न मद्दत गर्ने बताएका छन् ।

लेबनान युद्धविराम जनवरीमा पद छाड्न लागेका अमेरिकी राष्ट्रपति बाइडेन प्रशासन हटेर ट्रम्प नेतृत्वमा आउनुअघि भएको हो । गाजामा अझै इजरायली सेनाले नरसंहार जारी राख्दा युद्धविराम र बन्धक रिहाई सम्झौता हुनसकेको छैन । लेबनानसँगको युद्धले खाडी देशहरुसँगको सम्वन्धमा समेत चिसोपन आउन थालेपछि युद्धबिराममा बल लगाएको अमेरिका, बेलायत र फ्रान्सले इजरायली सेनाले करिव ४४ हजार प्यालेस्टाइनीको गाजा क्षेत्रमा हत्या गरिसक्दा समेत लेबनानसँगको यो युद्धबिरामको जत्तिको प्रयास हालसम्म गरेको देखिंदैन ।

इजरालयी सेनाको बमबारी तथा रकेट आक्रमणमा लेबनानमा करिव ३८ सय जनाले ज्यान गुमाएका छन् भने १६ हजार व्यक्ति घाइते भएका छन् । देशको कुल जनसंख्याको करिव २५ प्रतिशत विस्थापित वा शरणार्थी हुनुपरेको लेबनानी सरकारले जनाएको छ ।