(Japan) 13 th December | 2024 | Friday | 3:12:27 AM || (Nepal) 11:57:27 PM
 
 


अपाङ्ग छोरीलाई घरमै छाडेर हत्या गरेको आरोपमा आमा पक्राउ

  POSTED ON : Sunday, 24 November, 2024 | Views : 490

अपाङ्ग छोरीलाई घरमै छाडेर हत्या गरेको आरोपमा आमा पक्राउ


टोकियो, जापान ।

गत वर्ष जनवरीमा ह्योगो प्रान्तको हिमेजीस्थित आफ्नो घरमा ८ वर्षीया छोरीलाई छाडेर कफको औषधी नियमित रुपमा लिन आवश्यक हुँदा नपाएर मृत्यु भएको आशंकामा प्रहरीले ३२ वर्षीया आमालाई पक्राउ गरेको छ ।

गम्भीर अपाङ्गताका कारण छोरीको निसासिएर मृत्यु भएको थियो । आमाले आरोप स्वीकार गरेको हो वा होइन भन्ने कुरा 'भन्न चाहन्न' भन्ने जवाफ सोधपुछमा बताएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति ह्योगो प्रिफेक्चरको हिमेजी सिटी कार्यालयमा कार्यरत सिमादा मिसाकी हुन् । प्रहरीका अनुसार गत वर्ष जनवरी २७ गते गम्भीर अपाङ्गताका कारण कफको औषधी सेवन गर्न नपाउँदा ८ वर्षीया छोरी एमियुलाई हिमेजी सिटीस्थित आफ्नै घरमा छाडेर निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आमा एक्लैले छोरीको हेरचाह गर्दै आएकी थिइन् ।

उनले बच्चाले सास फेर्न नसकेको कुरा आफैंले फायर डिपार्टमेन्टलाई रिपोर्ट गरेकी थिइन् । प्रहरीले छोरीको निधन बारे सोध्दा उनले 'म भन्न चाहन्न' भन्दै मृत्युको कारण र हत्या आरोपबारे केहि नबताएको प्रहरीले जनाएको छ ।

प्रहरीले हाल मृत्युको परिस्थितिहरूबारे विस्तृत रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।