टोकियो, जापान ।
रक्तिक साँस्कृतिक अभियान जापानको आयोजनामा टोकियोमा प्रगतिशील देउसी भैली कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम आयोजक सस्थाका सचिव नारारायण ज्ञवालीको अध्क्षता र कोषाध्यक्ष नवीन बस्यालको सञ्चालनमा संम्पन भएको छ ।
कार्यक्रममा उपस्थित दर्शकलाई रक्तिम अभियानका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक सचित्र केसीले स्वागत ब्यक्त गर्नु भएको थियो । त्यस्तै रक्तिकका कलाकारहरुले परदेशी नेपालीको एउटै आवाज भन्ने गीतबाट स्वागत गरेका थिए ।
कार्यक्रम जापान नेपाली एकता समाजका अध्यक्ष डण्ड केसीको प्रमुख आतिथ्यतामा सम्पन्न थियो । अध्यक्ष केसीले परदेशमा पनी रक्तिम अभियानले देश प्रतिको आन्दोलनमा गीत सङ्गीतको माध्यमबाट सरिक हुन र यस्ता खालको कार्यक्रम नछुटाइ हेर्न, सुन्ने बानी बसाले सचेत हुन झक्झकाउने धारणा राख्नुभयो ।
बिशिष्ट अतिथी एनआरएनए जापान अध्यक्ष नवीन निउरेले रक्तिम भन्ने बित्तिकै सचेत नेपाली युवाहरुको नसा नसामा भेटिने बताउँदै स्वयम आफु पनी बाल्यकाल देखीनै रक्तिम अभियानका गीत संगीतसंग निकै नजिक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा गलकोट समाज जापानका अध्यक्ष रत्न सिंह बस्नेत, नवल पुर समाजका अध्यक्ष सुभास सापकोटा, द गोर्खाली भ्वाइसका सम्पादक विश्वास आचार्य, एनआरएनए जापानका सचिब दिपेश के.सी, जापान नेपाली एकता समाजका सचिव धनराज शर्मा, कान्तो क्षेत्रीय समितिका अध्यक्ष नारायण कडेल, केन्द्रीय सदस्य उमेश निउरे, गोम बुढाथोकी, नेपालबाट जापान भ्रमण आउनु भएका पाहुनाहरु
बेलु साहानी, पुतली साहानी, पुनराम गौतम, डिल कुमारी गौतम लगायत अथितीको उपस्थिति रहेको थियो l
पहिलो उपचारिक कार्यक्रम पछी दोश्रो चरणको कार्यक्रम
सचित्र केसीको सञ्चालनमा भएको थियो । रक्तिम अभियानका कलाकारले नेपालको सस्कृति झल्किने गरी देउसी भैली प्रस्तुत गरेका थिए । साथै जनबादी गीतहरु पूर्व बग्ने सुनकोसी, रातो लालटिन झुक्दैन शिर हाम्रो, सालैजो, सोरठी, पैयौ फुल्दा, तिहारै आउदा, सिमली छायामा बसी, पन्चे बाजा, म जन्मेर हुर्केको ठाउँमा ऋण, तिरेर फर्कन्छु त्यही गाउँमा
जस्ता दर्जनौ गीत संगीत नृत्यको माध्यमबाट उपस्थित दर्शक हरुलाई ।कलाकारहरुले नेपाल नै सम्झिने गरी प्रस्तुति पस्किएका थिए ।
परदेशमै भएपनी एकछिन दुःख बिर्सी राष्ट्र प्रतीको गीतले दर्शकको ध्यान तानेको थियो । कलाकारहरुले कार्यक्रमको उदेश्य हाम्रो कला सस्कृती बचाई राख्नु र देश प्रतिको आफ्नो जिम्बेवारीमा शरिक राख्नु भएको बताए ।