टोकियो, जापान ।
जापानका राजनीतिक दलहरू सत्तारुढ गठबन्धनलाई नराम्रो धक्का दिने संसदको तल्लो सदनको चुनावपछि संसदमा बहुमत बनाउन जुटिरहेका छन् । प्रधानमन्त्रीको नाम टुंगो लगाउन अब केही साताभित्र संसदमा मतदान हुनेछ ।
आइतवारको तल्लो सदन चुनावमा लिबरल डेमोक्र्याटिक पार्टी र कोमेइतोको सत्तारूढ गठबन्धनले ६० भन्दा बढी सिट गुमाउनुका साथै चेम्बरमा आफ्नो बहुमत पनि गुमाएको छ ।
एलडिपी प्रमुख प्रधानमन्त्री इसिबा शिगेरुले आफ्नो पदमा रहिरहने र गठबन्धन सरकारलाई कायम राख्ने संकेत गरेका छन् । उनले राष्ट्रिय राजनीतिलाई एक पलका लागि पनि ठप्प हुन दिन नहुने बताउँदै आफ्नो कर्तव्य पूरा गर्ने बताएका छन् ।
एलडीपीले अहिले गठबन्धन विस्तार गर्न चाहेको छैन । विपक्षी दलहरूसँग नीतिगत आधारमा सहकार्य गर्ने योजना उसको छ ।
पार्टीले विशेष डाइट सत्रमा इसिबालाई प्रधानमन्त्रीमा निर्वाचित गराउन पर्दा विपक्षीहरू दलहरुको समर्थनको लागि सम्पर्क गरिरहेको छ । एलडीपीले आगामी कूटनीतिक कार्यतालिकालाई ध्यानमा राखी नोभेम्बरको मध्यमा अधिवेशन बोलाउने योजना कोमेइतोसमक्ष पेश गरेको छ ।
सबैभन्दा ठूलो विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टीले चुनावमा यसअघि भन्दा ५० सिट बढि जितेको छ र अन्य दलहरूलाई आफ्ना नेता नोदा योशिहिकोलाई भोट दिन आग्रह गरिरहेको छ । नोदाले सत्तारुढ गठबन्धनलाई चुनौति दिन बिपक्षि दलहरुको टोली निर्माणमा लाग्ने संकेत गरेका छन् ।
अर्को विपक्षी दल, जनताका लागि लोकतान्त्रिक पार्टीले आफ्नो सिट संख्या चार गुणा बढाएर २८ पुर्याएको छ ।
पार्टीले यसका नेता तामाकी युइचिरोलाई प्रधानमन्त्रीमा समर्थन माग्दै भोटका लागि एलडीपीको कार्यकारीले सम्पर्क गरेको बताएको छ ।
तामाकीले चुनावी प्रचारका क्रममा वाचा गरेका आफ्नो पार्टीका नीतिहरू कार्यान्वयनमा लैजाने हो भने आफ्नो पार्टी अर्को पार्टीको नेतालाई मतदान गर्न खुला रहेको बताएका छन् ।