(Japan) 4 th November | 2024 | Monday | 7:36:25 AM || (Nepal) 4:21:25 AM
 
 


जापानको तल्लो सदनमा किर्तिमानी महिला सांसद बिजयी

  POSTED ON : Monday, 28 October, 2024 | Views : 570

जापानको तल्लो सदनमा किर्तिमानी महिला सांसद बिजयी


टोकियो, जापान ।

जापानको तल्लो सदनको निर्वाचन आईतबार सम्पन्न भएको छ । ४६५ सिटको तल्लो सदनमा ७३ जना महिला सांसद बिजयी भएका छन् । जापानको २०२१ को आम चुनावमा तल्लो सदनमा ४५ जना महिला निर्वाचीत भएका थिए ।

जापानको तल्लो सदनको चुनावमा कुल उम्मेदवार मध्ये एक चौथाई महिला उम्मेदवार रहेका थिए ।

सन् २०२४ को विश्व आर्थिक मञ्चको ग्लोबल जेन्डर ग्याप रिपोर्टमा १४६ मध्ये ११८ स्थानमा रहेको जापानमा व्यापार र राजनीतिमा महिलाहरु उच्च पदमा दुर्लभ रुपमा रहेको देखाउँछन् । प्रधानमन्त्री शिगेरु इसिबाको २० सदस्यीय मन्त्रिपरिषद्मा पनि केव दुई जना मात्रै महिला छन् ।

जापानमा 'राजनीतिक दलहरू पुरुषमुखी छन् र खुला विचारका छैनन्, त्यसैले महिला उम्मेदवारहरू भेट्टाउन गाह्रो छू', "नो युथ नो जापान" संगठनका प्रमुख मोमोको नोजोले गत महिना सत्तारुढ दलको नेतृत्वको मतदान अघि भने 'धेरै महिलाहरूले घरमा हेरचाह गर्ने काम पनि गर्छन्, जसले गर्दा उनीहरूलाई राजनीतिक नेतृत्वमा आउन गाह्रो हुन्छ ।'

२०२१ मा गरिएको क्याबिनेट कार्यालय सर्वेक्षणले जापानमा महिला चुनावी उम्मेद्वारहरू मध्ये, चार मध्ये एकले आफ्नो अभियानको क्रममा यौन उत्पीडनको सामना गरेको रिपोर्ट फेला पारेको जिजी प्रेसले उल्लेख गरेको छ ।

इसिबाको सत्तारुढ गठबन्धनले २७ अक्टोबर आइतवार भएको चुनावमा नमिठो पराजय व्यहोरेको छ । एलडिबी सहितको सत्ताधारी गठबन्धनले संसदीय बहुमत गुमाएको छ ।

६७ वर्षीय प्रधानमन्त्रीले अक्टोबर १ मा पदभार ग्रहण गरेको एक दिनपछि निर्वाचनमा जाने घोषणा गरेका थिए । तर पार्टि भित्रको कोष घोटालामा क्रोधित मतदाताहरूले उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई सजाय दिएका छन् ।