ओसाका, जापान ।
ओसाकाको प्रहरीले एक पुरुषलाई खोजिरहेको छ, जो १७ बर्षीया युवतीसँगै होटल छिरेर अहिले गायब भएका छन् । सँगै होट छिरेकी युवतीको शव शनिबार राती कोठामा फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीले राति करिब ११ बजे होटलका कर्मचारीले बालिकाको शव फेला पारेको बताएको छ । दोतनबोरी, चुओ वार्डको होटलमा घटना भएको समाचारमा उल्लेख छ ।
इकुनो वार्डमा बसेकी युवतीलाई उनको स्मार्टफोनबाटै पहिचान गरिएको प्रहरीले जनाएको छ । उनले शनिबार साँझ एक व्यक्तिसँग होटलमा चेक इन गरेको सेक्युरिटी क्यामेरा फुटेजले देखाएको थियो तर होटलबाट बाहिरिएको नदेखेपछि घटना सार्वजनिक भएको हो ।
होटलको दोस्रो तल्लामा रहेको कोठाको झ्याल खुला थियो र प्रहरीले उक्त व्यक्ति त्यही बाटो हुँदै भागेको विश्वास गरेको छ ।
जब होटलका कर्मचारी कोठामा पसे, उनले बालिकालाई खाटमा लडेको देखे उनको लुगा अस्तव्यस्त अवस्थामा भेटिएको थियो र उनि अचेत थिइन । उनको स्मार्टफोन र अन्य सामान कोठामा भेटिएपनि वालेट भने नभेटिएको बताइएको छ ।
मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ । फरार व्यक्तिको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।