टोकियो, जापान ।
जापानमा विद्यालय शिक्षकहरूको अभाव झन् गम्भीर बन्दै गएको पाइएको छ ।
जापानी सार्वजनिक प्रसारक एनएचकेले प्राथमिक, जुनियर हाई र सिनियर हाई स्कूलका साथै विशेष आवश्यकता भएका विद्यालयहरूमा शिक्षक अभावको बारेमा थप पत्ता लगाउन देशभरका स्थानीय सरकारहरूको शिक्षा बोर्डहरूको सर्वेक्षण गर्दा यस्तो पत्ता लागेको हो ।
सेप्टेम्बरसम्ममा ४३ स्थानीय सरकार अन्तर्गतका विद्यालयमा २ हजार ३ सय ९७ शिक्षक अभाव रहेको तथ्यांकले देखाएको छ । यो संख्या मे महिनाको भन्दा ५८९ ले बढि हो । केवल चार महिनामा जापानमा शिक्षक अभाव १.३ गुणा बढेको छ ।
स्थानीय सरकारहरूले अभावको मुख्य कारण बाल हेरचाह, प्रसूति वा चिकित्सा बिदा लिने शिक्षकहरूको विकल्प खोज्न गाह्रो भएको बताएका छन् ।
शिक्षक अभावमा अन्य सहायक शिक्षक तथा प्रशासनिक कर्मचारी आफैंले शिक्षण जिम्मेवारी लिएर अभाव पूर्ति गर्ने प्रयास गरिरहेको नगरपालिकाका केही पदाधिकारीले बताए । अन्य नगरपालिकाहरुले पार्टटाइम शिक्षकहरु भर्ति गरेर अभाव टार्न लागेको बताएका छन् ।