टोकियो, जापान ।
जापानमा दुई दिनदखी सम्पर्क बिहिन बन्न पुगेका दुई नेपाली बालबालिका सकुशल फेला परेका छन् ।
जापानको टोकियो स्थित कोतो सिटिमा रहेको इण्डियन इन्टरनेशनल स्कुलबाट शुक्रबार दिउँसो बर्ष १३ का युनिक शिलवाल र अर्का १२ बर्षकी बालिका सम्पर्क विहिन बन्न पुगेका थिए ।
युनिकका पिता दिनेश शिलवालका अनुसार आइतबार बिहान करिव ९ बजे दुवै बालबालिकालाई निशिओजीमामा सकुशल फेला पारिएको छ । दुई दिनदेखी करिव भोकै र अनिदो रहँदा सामान्य अस्वस्थ बाहेक कुशल रहेको र बिहान ११ बजे स्वास्थ्य परिक्षण भइरहेको दिनेश शिलवालले जापानसमाचारलाई जानकारी दिनुभयो ।
कक्षा ८ मा अध्ययनरत दुवैजना एकसाथ बेपत्ता भएपनि सिलवालले आफ्नो छोराको खोजिका लागि विवरण सहित अनुरोध गर्नुभएको थियो भने बेपत्ता बालिकाको परिवारले परिचय सार्वजनिक गर्न चाहेको थिएन ।
यद्यपी दुवै बालबालिका के कसरी सम्पर्क विहिन बन्न पुगे, वा किन घर छाडेर त्यहाँ पुगे भन्ने कुरा खुल्न बाँकी रहेको छ ।
आफ्नो छोरासँगै बेपत्ता बालिका पनि सँगै भेटिएको बताउँदै दिनेश शिलवालले भन्नुभयो खोजिकार्यका लागि जापानवासी नेपालीहरुले गर्नुभएको सहयोगका लागि धेरै धन्यवाद व्यक्त गर्दछु ।
...
जापानमा विद्यालय पोशाकमै रहेका दुई नेपाली विद्यार्थी दुई दिन देखी बेपत्ता, खोजीकार्य जारी