टोकियो, जापान ।
जापानमा इन्डियन इन्टरनेसनल स्कुलमा अध्ययन गर्दै आएका दुई नेपाली विद्यार्थी एकैपटक रहस्यमय ढंगले बेपत्ता भएका छन ।
विद्यालय अध्ययनका लागि गएका दुबै बिद्यार्थी एकैपटक शुक्रबार दिउसोबाट संपर्कबिहिन भएका हुन । जापान समाचारलाई प्राप्त जानकारी अनुसार एक बेपत्ता नेपाली छात्र युनिक सिलवाल हुन ।
युनिकका पिता दिनेश सिलवालले आफ्नो १३ बर्षको छोरो शुक्रबार दिउसोबाट संपर्कबिहिन रहेको जानकारी दिनुभयो । कक्षा ८ मा अध्ययनरत युनिक बेपत्ता भएकोमा शनिवार साँझ सम्म केही खबर प्राप्त हुन नसकेको प्रहरिले जानकारी दिएको दिनेश सिलवालले जानकारी दिनुभयो ।
बिद्यालयमै झोला, मोबाइल लगायत सबै सामान छाडेर बिद्यालय पोसाकमा खाली हात निक्लेको सिसी क्यामेरामा देखिएको सिलवालको भनाइ छ । आफ्नो छोरो संपर्कबिहिन भएपछि खोजी थालेपनि २४ घण्टासम्म पनि केही पत्ता लाग्न नसकेपछि खोजिका लागि सबैसँग सहयोगका लागि आफुहरुले जानकारी सार्वजनिक गरेको युनिकका पिताले जानकारी दिनुभयो ।
परिवारमा कुनै बिबाद, मनमुटाव वा केही समस्या नभएको बताउँदै दिनेश सिलवालले अघिपछिको जस्तैगरि सामान्य तवरले युनिक शुक्रबार बिद्यालय गएको जानकारी दिनुभयो । कतै बसेको वा समस्यामा फसेको भए छोरा युनिकलाई संपर्क गर्न उहाले आग्रह गर्नुभयो ।
जापानसमाचारलाई प्राप्त जानकारी अनुसार युनिकसंगै सोही स्कुलमा अध्ययनरत अर्का नेपाली छात्रा पनि शुक्रबारबाटै बेपत्ता छिन् । उनी युनिकसंगै ८ कक्षामा पढ्दै आएको र उनको उमेर १२ बर्षको रहेको छ । तर बेपत्ता छात्राको परिवारले परिचय सार्वजनिक गर्न चाहेको छैन ।
दुबैजना बिद्यालयबाट नजिकको पार्क तर्फ गएको सिसी क्यामेरामा देखिएपनि थप जानकारी नपाएकाले अनुसन्धान भइरहेको प्रहरिले बताएको छ ।
कोतो सिटिमा रहेको इन्डियन स्कुलबाट हराइरहेको आफ्नो छोरोलाई कतै देखे भेटे जो कसैले तल उल्लेखित मोबाइल नम्बरमा खबर गरिदिन आग्रह गरिएको छ ।
दिनेश सिलवाल 08044533364
बिन्दु पान्डे 08087156775
बेपत्ता बालबालिकाको खोजिका लागि कृपया यो पोष्टलाई जति सक्दो सेयर गरिदिनुहुन अनुरोध गर्दछौं ।