फुकुओका, जापान ।
फुकुओका प्रिफेक्चरको ओनोजो शहरमा प्रहरीले २३ वर्षीया महिलाको पर्स, स्मार्टफोन र किनमेलका सामानहरू भएको झोला चोरेको आरोपमा ५१ वर्षीय एक व्यक्तिलाई लुटपाट गरेको आरोपमा पक्राउ गरेको छ ।
घटना बिहीबार राति करिब ८ः५० बजेको हो । क्युशु ब्रोडकास्टिङ कम्पनीले रिपोर्ट गरे अनुसार ती महिला घर हिड्दै गर्दा कम्पनीका कर्मचारी केन्जी मियाहाराले उनको झोला खोसेर भागेका थिए । ४७ वर्षीय एक पुरुषले मियाहारालाई करिब ३० मिटरसम्म खेदेर लखेटेका थिए भने महिलाले प्रहरीलाई बोलाएकी थिइन् ।
मियाहाराले पछिल्लो समय पचिन्कोमा धेरै पैसा गुमाएको र जीवनयापनका लागि खर्च गर्ने पैसा चाहिएकाले चोरी गरेको बताएको प्रहरीले जानकारी दिएको छ ।