(Japan) 12 th September | 2024 | Thursday | 1:54:51 AM || (Nepal) 10:39:51 PM
 
 


खागोशिमा याकुशिमामा रहेको ३,००० वर्ष पुरानो रुख शानशान ताइफुले ढल्यो

  POSTED ON : Wednesday, 04 September, 2024 | Views : 436

खागोशिमा याकुशिमामा रहेको ३,००० वर्ष पुरानो रुख शानशान ताइफुले ढल्यो


टोकियो, जापान ।

खागोसिमा प्रिफेक्चरको याकुशिमा टापुमा रहेको तीन हजार वर्ष पुरानो यायोईसुगी रुख शानशान ताइफुको आँधीका कारण ढलेको छ ।

याकुसिमाको शिरातानी उनसुइक्योको लोकप्रिय पर्यटकीय स्थल यायोई सुगी करिब २६ मिटरको उचाइ र करिब ८ मिटरको चौडाको रहेको थियो ।

स्थानीय गाइडहरूले गत साता आएको शानशान ताइफुको क्षतिको अनुसन्धान गर्ने क्रममा यायोई सुगी रुख फेद नजिकैबाट ढलेका पत्ता लागेको हो ।

जोमन सुगी जस्ता ठूला रुखमा भने हालसम्म कुनै क्षति नभएको वानिकी निकाय याकुसिमा वन व्यवस्थापन कार्यालयले जनाएको छ ।

खागोशिमा क्षेत्रीय मौसम विज्ञान पर्यवेक्षक, याकुशिमा अगस्ट २८ देखि सुरु भएको शानशान ताइफुको प्रभावित क्षेत्रमा रहेको थियो ।