टोकियो, जापान ।
जापानको स्वास्थ्य मन्त्रालयले गरेको सर्वेक्षणले देशमा नियमित धुम्रपान गर्ने मानिसको अनुपात अहिलेसम्मकै न्यून झरेको देखाएको छ ।
२०२२ मा राष्ट्रव्यापी रूपमा २० वर्ष वा सोभन्दा बढी उमेरका करिब ५,००० व्यक्तिहरूमा सर्वेक्षण गरिएको थियो । जसमा १४.८ प्रतिशतले नियमित रूपमा चुरोट पिउँछन् । यसमध्ये पुरुषको अनुपात २४.८ प्रतिशत र महिलाहरू ६.२ प्रतिशत रहेको छ।
समग्र धुम्रपान दर सन् २००३ मा सर्वेक्षण सुरु भएदेखि सबैभन्दा कम पाइएको हो । यो तथ्याङ्कले वितेको दशकमा ५.९ प्रतिशत बिन्दुले धुम्रपान गर्नेहरु घटेको पाइएको छ । घटेको संख्यामा पुरुष तर्फ ९.३ र महिलाहरुमा केवल २.८ प्रतिशत धुम्रपान गर्नेहरु घटेका छन् ।
सर्वेक्षणमा २१.७ प्रतिशत पुरुष र ३६.१ प्रतिशत महिलाले धुम्रपान छोड्न चाहेको देखाएको छ ।
आन्तरिक धुम्रपानमा प्रतिबन्ध लगाउने परिमार्जित स्वास्थ्य प्रवर्द्धन कानूनले धुम्रपानको दर घटाउन भूमिका खेलेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । अधिकारीहरूले धुम्रपान गर्ने बानी त्याग्न चाहनेहरूलाई थप सहयोग प्रदान गर्ने योजनामा बनाइरहेको बताएका छन् ।