टोकियो, जापान ।
पहिलो पटक देशकै कम उमेरको मेयर बन्दै अकिता प्रिफेक्चरको ओदाते सहरको मेयरको चुनावमा २७ बर्षका केन्सुके इशिदा बिजयी भएका छन् ।
पूर्व ओदाते सिटी काउन्सिल सदस्य रहेका इशिदा एक स्वतन्त्र उम्मेदवारका रुपमा पहिलो पटक निर्वाचित भएका हुन् । इशिदा २७ वर्षका हुन् । मेयरहरूको राष्ट्रिय संघका अनुसार उनि देशको सबैभन्दा कान्छो वर्तमान मेयर बनेका छन् ।
अघिल्लो मेयरले राजीनामा दिएपछि ओदाते मेयरको निर्वाचनमा तीन नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो र ओदाते नगर परिषद्का पूर्व सदस्य इशिदा पहिलो पटक निर्वाचित भएका थिए ।
ओदाते सहरका मूल निवासी, उनले कम्पनीको कार्यकारीको रूपमा काम गरेका छन् र गत वर्ष अप्रिलमा पहिलो पटक उनि ओदातले नगर परिषदको सदस्यमा निर्वाचित भएका थिए ।
चुनावी अभियानका क्रममा उनले घट्दो जन्मदर र बुढ्यौली जनसङ्ख्यासँग जुध्न युवा पुस्तामा रुचि राख्ने कम्पनीहरूलाई आकर्षित गर्ने र जनसङ्ख्या बहिर्गमन रोक्न पहल गेर्न लगायतका उपायहरूमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।