(Japan) 12 th September | 2024 | Thursday | 12:49:58 AM || (Nepal) 9:34:58 PM
 
 


जापानमा शानशान ताइफुको असर कायमै : हालसम्म ६ जनाको मृत्यु, १२७ घाइते, १ बेपत्ता

  POSTED ON : Sunday, 01 September, 2024 | Views : 650

जापानमा शानशान ताइफुको असर कायमै : हालसम्म ६ जनाको मृत्यु, १२७ घाइते, १ बेपत्ता


टोकियो, जापान ।

यस सिजनको दशौं ताइफु शानशानले जापानभर तीव्र वर्षा र हावाहुरी ल्याएको छ । जसमा परि छ जनाको मृत्यु भएको छ, १२७ जना घाइते र एक जना अझै बेपत्ता छन् ।

एनएचकेले समाचार संस्थाका अनुसार आइची प्रान्तको गामागोरी शहरमा पहिरोमा परी तीन जना पुरुष र महिलाको मृत्यु भएको छ र दुई जना घाइते भएका छन्।

त्यसैगरी २९ तारिखमा तोकुशिमा प्रान्तको कामिता टाउनमा घरको दोस्रो तलाको छाना खस्दा ८० वर्षका एक व्यक्तिको मृत्यु भएको थियो ।

फुकुओका प्रिफेक्चरमा नदीमा पानिको सतह जाँच गर्न गएका ८० वर्षका एक व्यक्ति बेपत्ता भएका पछि उनलाई मृत अवस्थामा फेला पारिएको छ ।

काशिमा सिटी, सागा प्रिफेक्चर बसोबास गर्ने ८० बर्ष उमेरका एक व्यक्ति मन्दिरको नजिक बेहोस अवस्थामा फेला परेका थिए जसलाई पछि मृत घोषणा गरिएको छ ।

सागा प्रिफेक्चरका अनुसार आँधीका कारण आएको हावाका कारण उनी लडेको अनुमान गरिएको छ ।

मियाजाकी सहरमा आएको तीव्र हावासहित क्युसुमा जम्मा ११३ जना घाइते भएका छन् ।

यामागुची प्रिफेक्चर र खानागावा प्रिफेक्चरमा पनि एक पछि अर्को चोटपटकका घटनाहरु भएका छन् । जसले देशव्यापी आँधीबाट हुने घाइतेको संख्या १२७ पुगेको छ।

थप रूपमा, कागोशिमा शहरमा एउटा सानो डुङ्गामा सवार ६० वर्षका एक व्यक्ति समुद्रमा खसेर अझै बेपत्ता छन्।

जापान कोस्ट गार्डले खोजी गरी नजिकैको समुन्द्रमा एक शव फेला पारेको छ र हाल उनको पहिचानको काम गरिरहेको छ ।

शानशान ताइफुको असर अझै कायम रहेकाले अधिकारीहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।